आइतबार, पुस १३, २०८२

कुलिङ पिरियड प्रकरणमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा

 |  बुधबार, असार १८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार १८, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा जिम्मेवारीमा बसिरहन नमिल्ने भन्दै सत्तारूढ नेकपा (एमाले)का सांसद  पदम गिरीले राजिनामा माग गरेका छन्।

बुधबार समितिको कार्यकक्षमा सुरू भएको बैठकमा सांसद गिरीले निजामती सेवा विधेयकमा कुलिङ पिरियडबारे समितिमा भएको छलफल तथा निर्णयभन्दा फरक कुरा संसदमा पेस भएको विषयमा समितिका सभापति र सचिव जिम्मेवारीमा रहिरहन नमिल्ने बताएका हुन्। 

'नैतिकताको हिसाबले यो समितिको नेतृत्व लिन मिल्दैन। यहाँहरू दुवैले यो विषयलाई छानबिनका निम्ति र कारबाहीको प्रक्रिया अगाडि बढाउनका लागि सभापतिज्युले मार्गप्रशस्त गरिदिनुपर्छ। सचिवज्यू पनि नैतिकताको हिसाबले यसको सचिवका रूपमा जिम्मेवारीमा रहिरहन मिल्दैन,' गिरीले भने। 

प्रकाशित: Jul 02, 2025| 12:52 बुधबार, असार १८, २०८२
प्रतिक्रिया दिनुहोस्