आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने घोषणा

पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने घोषणा

 |  बुधबार, असार १८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार १८, २०८२

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि नलिने घोषणा गरेकी छन्।

National life

उनको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी पत्र लेखेर उक्त विषय जानकारी गराइएको हो।

पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले लेखिएको पत्रमा आजकै मितिदेखि लागु हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ।

उनले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त भएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आएकी थिइन्। रासस

प्रकाशित: Jul 02, 2025| 18:55 बुधबार, असार १८, २०८२
प्रतिक्रिया दिनुहोस्