आइतबार, मंसिर २८, २०८२

अमिषाको ह्याट्रिकमा नेपालले भुटानलाई हरायो

राजधानी ढाकाको वीर सहिद श्रेष्ठ सिपाही मोस्तफा कमल रंगशालामा आज भएलो आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को सहज जित निकालेको हो।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- बंगलादेशमा जारी चौथो संस्करणको यू२० महिला साफ च्याम्पियनसिपअन्तर्गत आज नेपालले पहिलो जित निकालेको छ।

National life

राजधानी ढाकाको वीर सहिद श्रेष्ठ सिपाही मोस्तफा कमल रंगशालामा आज भएलो आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को सहज जित निकालेको हो।

नेपालका लागि अमिषा कार्कीले ह्याट्रिक गरिन्। च्याम्पियनसिपको पहिलो खेल नै हारबाट सुरु गरेको नेपाललाई यो खेलमा जित निकाल्न दबाब पनि थियो। नेपालले फाइनलमा स्थान बनाउनका लागि अब बाँकी  खेलमा जित नकिाल्नै पर्ने दबाब पनि छ। यसअघि भारत र बंगलादेशले समान १–१ जित निकालेर समान ३–३ अंक पनि जोडिसकेका थिए।

नेपालले भने आफ्नो पहिलो खेलमा नै आयोजक बंगलादेशसँग ३–१ को हार बेहोरेको थियो। उपाधिको लक्ष्यका साथ बंगलादेश होमिएको नेपाली टिमले हार बेहोरेको हो। प्रतियोगितामा पाकिस्तान, माल्दिभ्स र श्रीलंकाले भाग नलिएपछि चार टोलीको मात्र सहभागीता रहेको छ।

आजको अर्को खेलमा भारत त बंगलादेशले गोलरहित बराबरी खेलेका छन्। यससँगै उनीहरूले ४-४ अंक बनाएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 05, 2023| 21:20 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।