मंगलबार, कात्तिक ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय खेलकुदमा स्वर्ण विजेताको पुरस्कारमध्ये ३६ लाख २० हजार खेलाडीको खातामा

राष्ट्रिय खेलकुदमा स्वर्ण विजेताको पुरस्कारमध्ये ३६ लाख २० हजार खेलाडीको खातामा

राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार मध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा पठाएको छ ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार मध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा पठाएको छ ।

Kumaribank

व्यक्तिगततर्फ ३ सय ४ स्वर्ण पदक विजेतालाई २५ हजारका दरले जम्मा ७६ लाख तथा समूहगततर्फ ५ सय ३६ स्वर्ण पदक विजेतालाई १५ हजारका दरले जम्मा ८० लाख ४० हजार गरी जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ स्वर्ण विजेतालाई भुक्तानी दिनु पर्नेमा प्राविधिक कारणले ३६ लाख २० हजार रुपैयाँ पहिलो चरणमा खेलाडीको खातामा पठाइएको हो ।

खेलाडीहरुलाई आ–आफ्नो खातामा सीधै नगद पुरस्कार रकम जम्मा गर्न विभिन्न १६ वटा बैंकहरुबाट भुक्तानी पठाउनु पर्ने भएकाले विवरण तयार गरी ‘एकाउन्ट डिटेल्स कन्फर्मेसन’ का लागि बैंकहरुमा पठाउदा खेलाडीहरुको बैंक विवरण फक परेको तथा विभिन्न बैंकहरु मर्ज भएका कारण पुरस्कार रकम ट्रान्सफर गर्न कठिनाइ भएकाले कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक मार्फत पहिलो चरणमा ३६ लाख २० हजार पुरस्कार खेलाडीको खातामा पठाइएको छ । बाँकी बैंकहरुबाट पठाउनु पर्ने खेलाडीको पुरस्कार यथाशाक्य रुजु गरी पठाउने प्रकृयामा रहेको छ ।

राखेपले बृहत राष्ट्रिय खेलकुदका स्वर्ण विजेतालाई पहिलो पटक सम्बन्धित खेलाडीको बैंक खातामा नगद पुरस्कार पठाएको हो ।

प्रकाशित: Feb 05, 2023| 21:18 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।