बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

१५ सय मिटर दौडमा राममायालाई स्वर्ण

नेपाल प्रहरी क्लबकी राममाया बुढाले गोल्डेन एथलेटिक्स मिटको महिला १ हजार ५ सय मिटर दौडमा आइतबार स्वर्ण जितेकी छन्।
 |  आइतबार, माघ २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं - नेपाल प्रहरी क्लबकी राममाया बुढाले गोल्डेन एथलेटिक्स मिटको महिला १ हजार ५ सय मिटर दौडमा आइतबार स्वर्ण जितेकी छन्।

triton college

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राममायाले निर्धारित दूरी ५ मिनेट ००.६ सेकेन्डमा पूरा गरिन्। नेपाल एपीएफ क्लबका पूलमति राना दोश्रो तथा आशा रावत तेश्रो भए । सो स्पर्धाको पुरुषमा प्रहरीका नागेश्वर ऐरले ४ मिनेट ०८.९ सेकेन्डमा दौड टुंग्याउदै शीर्ष स्थान हात पारे। एपीएफका सन्जिव नेपाली दोश्रो तथा विकेश घिमिरे तेश्रो स्थानमा रहे।

एथलेटिक्स परिवार नेपालले आयोजना गरेको प्रतियोगिताको महिला १० हजार मिटर दौडमा प्रहरीकी रेखा विष्टले ३९ मिनेट ३८.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन्। दोलखाकी अन्जु खड्काले रजत तथा प्रहरीकी सुमिगा चौधरीले कांस्य हात पारे। पुरुष ४ गुणा १ सय मिटर रिलेमा एपीएफ पहिलो, लुम्बिनी दोश्रो र प्रहरी तेश्रो बने। सो स्पर्धाको महिलामा एपीएफ प्रथम, हिमालयन एन्जल्स द्वितीय र प्रहरी तृतीय स्थानमा रहे।

पुरुष १ सय मिटर दौडमा कर्णालीका युवराज विकले स्वर्ण, एपीएफका शिवराज पार्कीले रजत र एपीएफकै निरप्रताप महतोले कांस्य जिते। महिला ४ सय मिटर दौडमा ५९.७० सेकेन्ड समयसाथ एपीएफकी रमिताकुमारी थारु शीर्ष स्थानमा रहिन्। एपीएफकै कल्पना श्रेष्ठ दोश्रो तथा दाङकी अरुजा रिजाल तेश्रो भए।

महिला हाइजम्पमा लम्जुङकी सिमा श्रेष्ठ १ मिटर ३६ सेन्टीमिटर उचाइ नाघ्दै पहिलो भइन्। प्रहरीका लक्ष्मी साउद दोश्रो तथा विर्सना फुयाँल तेश्रो भए। महिला लङजम्पमा दाङकी निशा चौधरी, प्रहरीकी सिमा चौधरी दोश्रो तथा एपीएफकी रन्जिता राई क्रमशः शीर्ष तीन स्थानमा रहे। पुरुष हाइजम्पमा कपिलवस्तुका प्रभु थापा पहिलो भए। उनले १ मिटर ६२ सेन्टीमिटर उचाइ नाघे। प्रहरीका चन्द्रदेव जोशी दोश्रो तथा कैलालीका नरबहादुर साउद तेश्रो  भए।

Metro Mart
vianet

महिला १ सय मिटर दौमा दाङकी निशा चौधरी पहिलो भइन्। निशाले निर्धारित दूरी तय गर्न १२.५३ सेकेन्ड समय खर्चिन्। प्रहरीकी लक्ष्मी साउद र ललितपुरकी रजिना दुलाल तेश्रो बने। पुरुष ४ सय मिटर दौडमा प्रहरीका तेजबहादुर कार्कीले स्वर्ण जिते। उनले ५१.४५ सेकेन्डमा दौड सकाए। लुम्बिनीका तुलसीराम थारु दोश्रो तथा एपीएफका आशिष चौधरी तेश्रो भए।

पुरुष लङजम्पमा एपीएफका सलिम देवानले स्वर्ण चुमे। उनले ७ मिटर ०९ सेन्टीमिटर दूरी तय गरे। लुम्बिनीका सुदिप थारु दोश्रो तथा प्रहरीका मिथुन चौधरी तेश्रो भए। पुरुष १० हजार मिटर दौडमा पर्वतका तीर्थ पुनले बाजी मारे। तीर्थले ३० मिनेट ४७.१ सेकेन्ड समय निकाल्दै स्वर्ण जितेका हुन्। एपीएफका राजेन्द्र तामाङ दोश्रो तथा सन्तोषविक्रम विष्ट तेश्रो भए।


प्रकाशित: Feb 05, 2023| 21:00 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।