आइतबार, मंसिर २८, २०८२

साविक विजेता एपिएफ र न्यु डायमन्ड फाइनलमा

४ टिमको सहभागिता रहेको प्रतियोगितामा दुवै टोलीले समान २ खेलमा जित हात पार्दै ६–६ अंकका साथ उपाधी भिडन्त पक्का गरेका हुन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

साविक विजेता एपिएफ र होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लब छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९ को फाईनलमा प्रवेश गरेका छन्।

National life

४ टिमको सहभागिता रहेको प्रतियोगितामा दुवै टोलीले समान २ खेलमा जित हात पार्दै ६–६ अंकका साथ उपाधी भिडन्त पक्का गरेका हुन्।

शेरबहादुर खड्का स्मृती प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा साविक विजेता एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–२१, २५–१५ को सहज जित हात पार्यो। पहिलो दिनको खेलमा सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबलाइ ३–० ले पराजित गर्दै ३ अंक बटुलेको एपिएफले ६ अंक बनाउन सफल भयो। एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ दी म्याच घोषित भईन्। उनले नगद १० हजारका साथै ट्रफी प्राप्त गरिन्।

यस्तै दोश्रो खेलमा पहिलो दिन आर्मीलाई पराजित गर्दै ३ अंक जोडेको न्यु डायमन्डले नेपाल पुलिसलाई ३–१ सेटले पराजित गर्दै ६ अंकका साथ फाईनल प्रवेश गरेको हो। अव उपाधीका लागि डायमन्डले साविक विजेता एपिएफको सामना गर्ने छ। पहिलो सेट २२–२५ ले पुलिसलाई सुम्पेको डायमन्ड बाँकी तीन सेट २५–१५, २५–२२ र २५–१९ ले जित्दै फाईनल यात्रा तय गरेको हो। न्यु डायमन्डकी प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित हुदै नगद १० हजार सहित ट्रफी प्राप्त गरिन्।

राउण्ड रोविन लिगको अन्तिम खेल भोलीे एपिएफ र न्यु डायमन्डविच पहिलो खेल १ बजे र दोश्रो खेल आर्मी र पुलिस विच ३:३० बजे हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 05, 2023| 19:57 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।