आइतबार, मंसिर २८, २०८२

यू–२० साफमा आज नेपालले भुटानको सामना गर्दै

ढाकाको वीर सहिद श्रेष्ठ सिपाही मोस्तफा कमल रंगशालामा आज हुने आफ्नो दोस्रो खेलमा नेपालले भुटानको सामना गर्न लागेको हो।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं – बंगलादेशको ढाकामा जारी यू २० महिला साफ च्याम्पियनसिपअन्तर्गत आज आइतबारको खेलमा नेपाली टिमले भुटानको यू २० टिमसँग सामना गर्दैछ।

National life

ढाकाको वीर सहिद श्रेष्ठ सिपाही मोस्तफा कमल रंगशालामा आज हुने आफ्नो दोस्रो खेलमा नेपालले भुटानको सामना गर्न लागेको हो।

च्याम्पियनसिपको पहिलो खेल नै हारबाट सुरु गरेको नेपाललाई यो खेलमा जित निकाल्न दबाब पनि रहेको छ। नेपालले फाइनलमा स्थान बनाउनका लागि अब बाँकी दुवै खेलमा जित नकिाल्नै पर्ने दबाब पनि छ। यसअघि भारत र बंगलादेशले समान १–१ जित निकालेर समान ३–३ अंक पनि जोडिसकेका छन्।

नेपालले भने आफ्नो पहिलो खेलमा नै आयोजक बंगलादेशसँग ३–१ को हार बेहोरेको थियो। उपाधिको लक्ष्यका साथ बंगलादेश होमिएको नेपाली टिमले हार बेहोरेको हो। प्रतियोगितामा पाकिस्तान, माल्दिभ्स र श्रीलंकाले भाग नलिएपछि चार टोलीको मात्र सहभागीता रहेको छ।

सहभागी हुनेमा नेपालसँगै बंगलादेश, भारत र भुटान रहेका छन्। गएको शुक्रबार नेपालले बंगलादेशसँग खेलेको थियो भने आज नेपालले भुटानसँग खेल्दैछ। मंगलबार हुने तेस्रो खेलमा नेपालले भारतसँग पनि खेल्नेछ।

Laxmi sunrise bank
kumari

सिंगल राउन्ड रोबिनका आधारमा हुने लिग चरण सकिएपछि शीर्षस्थानका दुई टिमले फाइनलमा आगामि बिहीबार प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Feb 05, 2023| 11:43 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।