आइतबार, मंसिर २८, २०८२

रेलिगेसन क्षेत्रमा रहेका टिमसँग आर्सनल र लिभरपुल पराजित

अघिल्ला खेलहरुमा म्यानचेस्टर युनाइटेड, साउथह्याम्टन र वेस्ट ह्याम्सँग हार बेहोरेको एभर्टनले शनिबार राति घरेलु मैदानमा आर्सनललाई १–० ले हराएको हो।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग इपिएलमा शनिबार राति लिगलिडर आर्सनलले इभर्टनसँग हार बेहोरेको छ। अघिल्ला खेलहरुमा म्यानचेस्टर युनाइटेड, साउथह्याम्टन र वेस्ट ह्याम्सँग हार बेहोरेको एभर्टनले शनिबार राति घरेलु मैदानमा आर्सनललाई  १–० ले हराएको हो।

National life

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको ६० औं मिनेटमा जेम्स तार्कोस्कीले निर्णायक गोल गरेका थिए। खेलमा ७१ प्रतिसत समय बलमा नियन्त्रण बनाए पनि आर्सनलले गोल फर्काउन सकेन।

यता लिभरपुलले भने उल्भ्सको घरेलु मैदानमा ३–० को निकै ठूलो हार बेहोरेको छ। रेलिगेसन जोनमा संघर्ष गरिरहेको उल्भ्सले लिभरपुललाई हराउने क्रममा पहिलो गोल कोसेली पाएको थियो।

लिभरपुलका जोयल मटिपले पाँचौं मिनेटमै आत्मघाति गोल गरे। १२ औं मिनटमा उल्भ्सका क्रेग डसनले गोल गरे भने ७१ औं मिनेटमा रुबिन नभासले गोल गरेका थिए। यता खेल अवधिभरी ५९ प्रतिसत समय बलमा नियन्त्रण बनाएको लिभरपुलले भने गोल गर्न सकेन्। उसले उल्भ्सको पोस्टतर्फ २२ प्रहा गरेको थियो। तर त्यसमध्ये चार प्रहार मात्र पोस्टको सहि दिशामा थिए।

यो जितसँगै रेलिगेसन जोन छोडेको उल्भ्स २० अंक बनाएर १५ औं स्थानमा पुगेको छ। इता लिभरपुले भने १० औं स्थानमा यथावत् छ। लिग लिडर आर्सनललाई हराएको एभर्टन भने रेलिगेसन क्षेत्रमै रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 05, 2023| 06:58 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।