आइतबार, मंसिर २८, २०८२

एपिएफले हरायो एनभीए च्याम्पियनसिपको विजेता पुलिसलाई

एपिएफले सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबलाई सहज ३–० ले पराजित गर्दै तीन अंक बटुलेको हो।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं- छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९ अन्तर्गतको आजको दोश्रो खेलमा साविक विजेता नेपाल एपिएफ क्लबले जित निकालेको छ।

National life

एपिएफले सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबलाई सहज ३–० ले पराजित गर्दै तीन अंक बटुलेको हो। एपिएफले पुलिसलाई २५–२०, २५–२१, २५–२१ ले पराजित गरेको हो। एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दी म्याच घोषित भईन्। चौधरीले नगद १० हजार सहित ट्रफी प्राप्त गरिन्।

त्यस्तै आजको पहिलो खेलमा होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले विजयी सुरुवात गरेको थियो। शेरबहादुर खड्का प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा डायमन्डले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–० को जित निकालेको हो। डायमन्डकी रिमा कुँवर प्लेयर अफ दी म्याच घोषित भईन्।

यस अघि प्रतियोगिताको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रतिष्ठान र निजी क्षेत्रको महत्व रहेको भन्द्र अन्य निजी संस्था तथा प्रतिष्ठानहरुले पनि खेलकुदमा चासो देखाउनु पर्नेमा जोड दिएका थिए। सदस्य सचिव घिसिङले भने, ‘भलिबल खेलको विकास र विस्तारमा शेरबहादुर प्रतिष्ठानले गरेको योगदानको प्रशंसा गर्दछु। नेपालमा आयोजना हुन लागेको काभा सेन्ट्रल एशिया सिनियर भलिबल प्रतियोगिताका लागि यो छनौट खेलको रुपमा रहन सक्ने समेत खेलाडीले मध्यनजर गर्नुपर्छ।’

प्रतियोगितामा तीन विभागिय टोली सहित न्यु डायमन्डको सहभागिता रहेको छ। पत्रकार सम्मेलनमा गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लबको समेत सहभागिता रहने बताईएता पनि अन्तिममा आएर दुई टिमले सहभागिता जनाएनन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 04, 2023| 18:20 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।