सोमबार, भदौ १५, २०८३

राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्डको सुरुआति जित

आर्मीलाई हराउने क्रम अन्तर्गत न्यु डायमन्डले सोझो सेटमा जित निकाल्यो।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं – काठमाडौंमा आजबाट सुरु भएको छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यु डायमण्ड स्पोर्ट्स क्लबले  विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार सम्पन्न उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले सुखद सुरुआत गरेको हो।

आर्मीलाई हराउने क्रम अन्तर्गत न्यु डायमन्डले सोझो सेटमा जित निकाल्यो। पहिलो सेटमा न्यु डायमण्डले आर्मीलाई २५–२० मा हराएको थियो। दोस्रो सेटमा आर्मीले १४ अंक बनाउँदै न्यु डायमन्डले निर्धारित २५ अंक पुरा गर्यो भने तेस्रो सेटमा आर्मीले १० अंक मात्र जोड्न सक्यो।

आफ्नो पहिलो खेलमा निकालेको जितसँगै न्यु डायमण्डले पहिलो खेलमा ३ अंक जोडेको छ। यता विभागीय क्लब आर्मीले भने प्रतियोगिता नै हारबाट सुरुआत गरेको छ।

यो प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ। लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधिका लागि खेल्नेछ।

करिब ४० लाखको अनुमानित खर्च रहेको प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन्। यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने आयोजक शेर बहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए।

यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ।

आजको उद्घाटन कार्यक्रममा सलिना श्रेष्ठ ५० हजार नग सहित स्पेसल अवार्डबाट सम्मनित भएकी छन्।

प्रकाशित: Feb 04, 2023| 17:13 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।