बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

माइतीघरमा क्यान र सन्दीपविरुद्ध प्रदर्शन

क्यानले लामिछानेलाई शुक्रबारबाट बन्द प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेसँगै विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ।
 |  शनिबार, माघ २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

triton college
Metro Mart
vianet

काठमाडौं– नाबालिग किशोरी बलात्कार आरोप लागेका पूर्वक्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतबाट सफाइ पाएपछि खेलमा फर्काउने नेपाल क्रिकेट संघ (क्यान) को निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ। शनिबार क्रिकेटर राष्ट्रिय टिममा समावेश गरिएको भन्दै क्यान र लामिछानेविरुद्ध विरोधमा प्रदर्शन भएको हो। 

यसअघि सन्दीपलाई क्यानले बलात्कार आरोप लागेपछि निलम्बन गरेको थियो। गत मंगलबार बसेको क्यान बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको हो। युवायुवती र महिलावादी अभियन्ताको पहलमा भएको विरोध प्रदर्शनमा क्रिकेट संघविरुद्ध नाराबाजी गरिनुका साथै सहभागीले विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए। 

क्यानले लामिछानेलाई शुक्रबारबाट बन्द प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेसँगै विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ। क्यानले आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाका लागि लामिछानेसँगै २० जनालाई बन्द प्रशिक्षणमा सहभागी गराएको छ।

प्रकाशित: Feb 04, 2023| 15:56 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।