आइतबार, कात्तिक २३, २०८२

साफ यु-२० महिला च्याम्पियनसीप: पहिलो खेलमा नेपाल पराजित

अब नेपालले आफ्नो दोस्रो खेल आइतबार भूटानसँग खेल्नेछ।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

साफ यु–२० महिला च्याम्पियनसीप फुटबलअन्तर्गतको आफ्नो उद्घाटन खेलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ।

बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो। बङ्गलादेशको जितमा मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले समान एक एक गोल गरिन्।

यता नेपालका लागि भने मनमाया दमाईले एक गोल फर्काइन्। प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भूटानको सहभागिता रहेको छ।

अब नेपालले आफ्नो दोस्रो खेल आइतबार भूटानसँग खेल्नेछ।

प्रकाशित: Feb 04, 2023| 08:27 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।