आइतबार, मंसिर २८, २०८२

विश्व टेनिस टुरमा अकी र आरभलाई डबल्स स्वर्ण

सातदोबाटोस्थित टेनिस कोर्टमा अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरेका हुन्।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभ सम्राट हाडाको जोडी आईटीएफ विश्व टेनिस टुर जे ६० काठमाडौं अन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा शुक्रबार पहिलो भएका छन्।

National life

सातदोबाटोस्थित टेनिस कोर्टमा अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरेका हुन्।

गर्ल्स डबल्समा मंगोलियाका दिदी मार्ता चोक्सोम्जाभ र बहिनी मरालगु चोक्सोम्जाभको जोडी च्याम्पियन बनेका छन। दिदीबहिनीको जोडीले फाइनलमा भारतका अनुष्का भोला र मेहक कपुरको जोडीलाई ६–० र ६–० को सोझो सेटमा सहजै हराए।

डबल्सका विजेतालाई आयोजक नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्ट र टेनिस संघका सदस्य जयजिब हाडाले एक कार्यक्रमबीच पुरस्कृत गरे।

डबल्समा स्वर्ण जितेका दिदीबहिनीको जोडी सिंगल्समा भने एक अर्काका प्रतिद्वन्द्वी बनेका छन्। सेमिफाइनलमा मरालगुले हङकङकी जेन लिङ छुन वोङलाई ६–२ र ६–१ तथा मार्ताले रुसकी मिलिना शुब्खानकुलोभालाई ६–० र ६–४ को सोझो सेटमा पाखा लगाउदै फाइनल भेट पक्का गरेका हुन्।

Laxmi sunrise bank
kumari

ब्वाइज सिंगल्समा भियतनामका फाम ला होङले हङकङका होङ क्यु लाउलाई ६–३, ६–७ (४) र ६–३ तथा भारतका देबसिश साहुले ताइपेईंका काइ इन याङलाई ६–१, ४–६ र ७–६ (३) को सेटमा पन्छ्याउदै फाइनलमा पुगेका छन्। दुवै सिंगल्सको फाइनल शनिबार हुनेछ।

प्रकाशित: Feb 03, 2023| 19:12 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।