आइतबार, पुस ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

निराशाविरुद्ध तेस्रो जनआन्दोलनको तयारी गरौं

सबै क्षेत्रको असफलता राजनीतिमा खोज्छौं। तर, म राजनीति भन्दा पनि यसको कारण राजनीतिकर्मीमा निहित छ ठान्छु।
 |  शनिबार, माघ २१, २०७९
nespernesper

कृष्ण रिमाल

कृष्ण रिमाल

शनिबार, माघ २१, २०७९

ntc landingntc landing

म एउटा मध्यम वर्गीय आम नागरिक। मध्यम वर्गको खास विशेषता भनेको उच्च वर्गको जीवनशैलीलाई आत्मसात् गर्ने अभिलाषा मनमा पालेर आफूले बाचिरहेको जीवनशैलीप्रति रुष्ट रहिरहँदै मर्नु हो। लामो दुरीका पैदल यात्रा र लेखनको रहर मनमा पालेर हाल म जलविद्युत क्षेत्रमा कार्यरत छु। यो आलेखका आधार मेरो यात्रा संस्मरण, अफिसीयल काम, कर्तव्य तथा सामाजिक जीवन भोगाइ हुन्। मभित्र पनि देश प्रेम छ तर हाल चर्चामा रहेको जस्तो देशभक्त चाहिँ म होइन। मलाई देश भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौता तथा आफ्ना पुर्खाको बलबुताबाट स्वआर्जित जमिन मात्रै हो जस्तो लाग्दैन। प्रकृतिप्रद भूगोलमा मानवद्वारा रचिएका राजनीतिक विभाजनका रेखाले देशको परिकल्पना गरेता पनि हामी प्राकृतिक जीव हौं। प्राकृतिक व्यक्ति हौं। तथापि  भूगोल भित्रको प्रावधान र परिपाटी स्विकार्नु भूगोलवासीको अनिवार्यता हो। 

himalayan bank box

अहिले यो लेख ज-जस्ले पढ्दै हुनुहुन्छ हामीलाई पुर्खाले छोडेर गएको नेपाल र नेपाली भाषी भएर पढ्दै हुनुहुन्छ। म नेपाल वा हाम्रो थातथलोको गौरवमय इतिहासप्रति तपाईंले जस्तै गर्व बोध गर्छु र सचेत पनि छु, त्यसैले त्यतातर्फ चर्चा गर्दिन। म अहिले देशभित्र वा तपाईं मभित्र गहिरो गरी गडेको निराशाको चर्चा गर्ने प्रयत्नमा छु। निराशा आशाविहीनताक एक्लो अवस्थामात्रै होइन, बरु आशातीत कामको लागि आवश्यक पौरखले सापेक्षित उपलब्धि दिन नसक्नुको कारणले उत्पन्न आवेग, कुण्ठा र आत्मग्लानि हो। यसो हुनुको कारणलाई मेरो ब्रह्मले यसरी स्विकारेको छ।

राजनीतिकर्मी र हामी

सबै क्षेत्रको असफलता राजनीतिमा खोज्छौं। तर, म राजनीति भन्दा पनि यसको कारण राजनीतिकर्मीमा निहित छ ठान्छु। यति सानो देशमा राजनीतिक नेतृत्वको एउटा तह पार गरेपछि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले बडो दु:ख र मुस्किलले जोहो गरेका सवारी साधन अघिपछि लाएर अनावश्यक साइरनसहितको लावा लस्करपूर्ण स्कटिङ गर्दै राजनीतिकर्मी आफ्नो थलोमा पुग्छ। यसले जनतामा चरम निराशा पैदा गर्छ। आचरण र अपरिपक्व राजनीतिकर्मीको सामीप्यबाट अनुचित लाभ उपभोग गर्ने मनसायले एउटा हुल अगाडी-पछाडि दौडिरहन्छ।

देशभित्रका करिब २/३ प्रतिशत बाहेक सबै राजनीतिकर्मी सापेक्षिक गरिबीको पृष्ठभूमिबाट गरिबको लागि राजनीति गर्छौ भन्दै आएका हुन्। तर, गज्जबको कुरा के छ भने गरिबको नाममा राजनीति गर्दागर्दै उनीहरू फ्याट्टै धनी हुन्छन्। गरिब सधैँ जस्ताको त्यस्तै। यिनीहरूलाई त धनी हुनु थियो। उनीहरूलाई त्यसका लागि राज्यको ढुकुटी बाहेक अर्को सजिलो विकल्प थिएन। सँगसँगैका साथी मध्ये राजनीतिकर्मीको जीवनशैलीमा व्यापक परिवर्तन आउँदा बढी मेहनत गर्नेको जीवनशैलीमा खासै परिवर्तन आएको हुँदैन।

vianet

राज्य र राजश्व लुट्ने अनुमति पत्र जस्ता राजनीतिक पदले देशभित्र उग्र निराशा पैदा गरेको छ। हरेक विकास सम्बन्धी आयोजनामा गएर बुझ्दा त्यहाँ स्थानीयदेखि राष्ट्रिय तहसम्मको नेतृत्व कार्यकर्ता नियुक्ति र अन्य अनुचित लाभको लागि चर्को दबाब दिइरहेका हुन्छन्। यो तितो यथार्थलाई मैले नजिकबाट भोगेको छु। कतिपय नेतागण आयोजनाका कृत्रिम कर्मचारी हुन्छन्। व्यवस्थापन तहले उनीहरूले सिर्जना गर्ने अवरोधको सामनाको लागि प्रत्येक महिनाको अन्त्यमा उनीहरूको बैंक खातामा राम्रै रकम जम्मा गर्छन् र लेखा प्रणालीमा तलब शीर्षकमा प्रविष्ट गर्छन्।

यस्तो परिपाटि तत्काल केही व्यक्तिको पक्षमा भए पनि समग्र राज्य विकासको अभियानमा डरलाग्दो अवस्था हो। यो ठूलो रोग हो। कृपया सुध्रिनुहोला, हामीलाई सबै थाहा छ, भोलि विद्रोहमा उत्रिने दिन आयो भने हामीले पहिला फुटाउने भनेको तपाईंको बेडरुमको झ्यालको सिसा हो। त्यसैले अनुचित लाभका यस्ता छिद्रहरूबाट आर्जित लाभको उत्सव समाजमा प्रदर्शित नगर्नुहोस्। यस्तो नगरिदिएमा ज-जसले तपाईंलाई नेता मान्छन् उनीहरू नै तपाईंलाई आदर्श राजनीतिज्ञ ठान्ने छन्। र मनाउने छन्, खुसीत्सव।

सरकारी कार्यप्रणाली  र कर्मचारी

व्याप्त निराशाको अर्को कारण सरकारले आफ्नो सेवा प्रदायक प्रणाली र सेवा प्रदान गर्न राखेका कर्मचारी पनि हुन्। कुनै कर्मचारीले यो आलेख पढेर मलाई गाली नगर्नुहोला। कार्यालयको कामको सिलसिलामा मैले फरक र नमिठो अनुभूति भोगेको छु। आयोजनाद्वारा आयोजित रात्रिकालीन कार्यक्रममा बजार र व्यक्तिको पातलो उपस्थिति हुने स्थान रोज्दा पनि कोठाका सबै झ्याल ढोकाका पर्दा लगाएर कानुनका छिद्र खोज्ने कर्मचारी लुकी-लुकी निःशुल्क रक्सी पिउँथे र दिउँसो देखाएका कानुनी बाधा अवरोधको आफ्नै मुखले समाधानका छिद्र बत्ताउँथे। आमा-बुबाको मृत्यु शोकमा बरखी बारेकाहरूसमेत आयोजनाले उपहार स्वरूप वितरण गरेका मदिराजन्य उपहार अरूको सामुन्ने बहिष्कार गर्थे तर राति फोन गरेर साथीलाई दिउँला, पठाइदिनु भन्थे। कतिपयले मसँग मुखै फोरेर भन्थे- यो त झोल मात्रै भयो भाइ, यसो झाम्टाको व्यवस्था छैन।

यस्तै अनिवार्य गर्नुपर्ने काममा पनि झोल झाम्टा र अनुचित लाभप्रतिको आशक्तिले सबै पक्षलाई निराश पारेको छ। अभिषेक बच्चन अभिनीत हिन्दी फिल्म दशवीमा आक्रामक हुँदै उनले बोलेको एउटा संवाद छ, 'सरकारी लोग काम नकरनेको तनखा और काम करनेका रिस्वत लेता है।' कर्मचारी वर्गले यो कहावत झुटो साबित गरिदिनुहोला। आज गर्न नमिल्ने भनिएको काम भोलि गर्न मिलिहाल्ने कानुन देशमा पक्कै छैन होला। तर, पनि यस्तो किन हुन्छ? सानो वैध कमाइबाट तपाईंहरूले अङ्गीकार गरेको अमिल्दो जीवनशैलीले तपाईंलाई नजिकबाट चिन्नेहरूको मनमा सम्मान रहँदैन भने यसको देखासिकीले कानुन निर्दृष्ट प्रणाली ध्वस्त पार्छ।

यसको तपाईंहरूकै सन्तले पनि भोग्नुपर्ने छ। त्यसैले प्लिज आफूलाई सुधार्नुहोस्। सेवा प्रवाहलाई चुस्त, दुरुस्त राख्नुहोस्, कर, महसुल तथा शुल्क तिर्न जाँदा हँसिलो बनेर सेवा दिनुहोस्। तपाईंको पारिश्रमिक त्यहीबाट आउने हो भनेर बुझ्नुस्। नहुने कामलाई सिधै इन्कार गरिदिनुस् र त्यस्ता काम कुनै प्रलोभनमा  परेर नार्नुहोस्। कार्यालय बाहेकको समय तपाईं हामी बाच्ने तरिका एउटै हो। खाने र रमाइलो गर्ने ठाउँ पनि उही हो।

व्यवसाय, व्यवसायी र बैंक

वस्तु तथा सेवामा निहित उपयोगिताको उपभोगको लागि गरिने सबै मौद्रिक तथा गैर मौद्रिक कार्यहरू व्यवसाय हुन्। व्यवसाय गर्नेहरू व्यवसायी हुन्। व्यवसायको अन्तिम उद्देश्य नाफा आर्जन गर्नु भएता पनि व्यवसायी पनि प्राकृतिक जीव नै भएकोले उसको पनि सामाजिक तथा आर्थिक दायित्व हुन्छ। यो सबैले बुझ्न जरुरी छ। हामी कहाँ पछिल्ला तीन दशकदेखि व्यवसायको शैली फेरिएको छ। विश्व व्यापार संगठनको सदस्यताले दिएका सुविधाले हामीलाई पूर्णरुपमा परनिर्भर बनाएको छ। उत्पादनमुखी व्यवसाय लगभग शून्य छन्।

शास्त्रीय अर्थशास्त्री कौटिल्यले स्वास्थ्य पाचन विनाको आहार, आम्दानी विनाको खर्च र उत्पादन विनाको वितरणले व्यक्ती र राज्य टाट पल्टिन्छ भनेका छन्। हामी तीन वटै अवस्थामा विचलित छौं। त्यसैले हामी टाटा पल्टिने संघारमा छौं। विना उत्पादनको व्यापार चक्रले हाम्रो उन्नति कहिल्यै हुन दिने छैन। राज्यले उपयुक्त वातावरण तयार नगरिदिँदा व्यवसायी उत्पादनतर्फ भन्दा सामान किनेर ल्याउने र मनलाग्दो नाफा राखेर सामान बेचिरहेका छन्। विना उत्पादनको वितरणमुखी व्यवसाय मन्दिरमा प्रसाद बाँडेर भेटी उठाए जस्तै हो। यसले खुसी हुने प्रभुहरू देशभित्रै छैन। 

व्यवसायको मेरुदण्ड पुँजी हो र पुँजीका स्रोत तथा निर्माता बैंक हुन्। ९८ प्रतिशत जनताबाट संकलित निक्षेप २ प्रतिशत जनताले प्रयोग गरिरहेका छन्। हामीलाई सानो आर्थिक प्रलोभन (ब्याज) मा पारेर हाम्रो मेहनतद्वारा सिर्जित पुँजीमा व्यापारिक घरानाका केही व्यक्तिको लुट छ। हामीले जम्मा गरेको निक्षेपमा आवश्यक पर्दा हामी जस्तै अरू नागरिकलाई निश्चित बिन्दु थप गरेर त्यही पैसा ब्याजमा लगानी गरेर प्रशस्त नाफा आर्जन गर्नेको संरक्षणमा  भित्तामा सेतो रंग दलेर कालो काम गर्न दिने राष्ट्र बैंक आफैँ संरक्षक भएर उभिएको छ।

तपाईं आफैँ आँकडा हेर्नुहोस् बैकिंङ प्रणालीमा संकलित निक्षेप देशका गन्यमान्य भनिने करिब ४०-५० जनाले कुल निक्षेपको करिब ६० प्रतिशत पुँजी कर्जाको रूपमा सस्तो ब्याजमा प्रयोग गरेका छन्। राज्यले प्रदान गर्ने आर्थिक सेवा सहुलियत र छुटको भरपुर प्रयोग यिनीहरू नै गर्छन्। त्यसैले यसरी बैंकबाट प्रदान गरिने कर्जा सुविधामा अब पारिवारिक कर्जा सीमा तोकेर अनिवार्य गर्नुपर्ने बेला आएको छ। साना र मझौला उघमीको ढाँड सेक्ने गरी ब्याजदर निर्धारण गर्दा राष्ट्र बैंक मौन छ। अझैँ सहयोगी बनेको छ। निश्चित वर्गको ठूलो धन राशिको मुद्दती निक्षेपमा राम्रो प्रतिशत ब्याज निर्धारण गर्न दिएर राष्ट्र बैंकले अन्याय गर्न बैंकहरूलाई सघाएको छ।

यसरी देशभित्र व्याप्त निराशामा महत्त्वपूर्ण भूमिका खेलेका यी तत्त्वमा अनिवार्य परिवर्तनको आवश्यकता छ। यी बाहेक व्यक्तिगत पैरवी, वृत्ति, विकास, स्वास्थ्य, शिक्षा, यातायात तथा सामाजिक न्याय जस्ता पुराना समस्या त हाम्रो समाजमा छँदै छन्। माथि उल्लेखित कारणमा इमान्दारीता र केही उदारता आउने हो भने मान्छेहरू बोतलमा पेट्रोल बोकेर आफैलाई जलाउने छैनन्। मेरो आग्रह छ सबैले आआफ्नो ठाउँबाट इमानदार प्रयास र योगदान गरौं। घचघच्याउँदा पनि भएन भने तेस्रो जनआन्दोलनको आधार यिनै हुनेछन्। अब अति भैसकेको छ। हामी बस्ने समाज हामी आफैँले निर्माण गर्ने हो। आवश्यक लडाइ र सहकार्यको लागि सबै तयार भएर बसौँ।

प्रकाशित: Feb 04, 2023| 07:57 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...