आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • यूइएफए सहकार्य च्याम्यिनसिप खेल्ने प्रारम्भिक नेपाली टिम घोषणा

यूइएफए सहकार्य च्याम्यिनसिप खेल्ने प्रारम्भिक नेपाली टिम घोषणा

अखिल नेपाल फुटबल संघ एन्फाले आज शुक्रबार २८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको छ।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं– मार्च २० देखि ३१ सम्म बंगलादेशमा हुने यूइएफए सहकार्य यू१७ महिला च्याम्पियनसिपका लागि यू१७ राष्ट्रिय महिला टोलीको प्रारम्भिक टोली घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आज शुक्रबार २८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणामा बोलाएको छ।

National life

प्रतियोगिताका लागि एन्फाले नियुक्त गरेका मुख्य प्रशिक्षक भगवती राना मगरले बिहीबार प्रारम्भिक टोली घोषणा गरेकी हुन्। राणाको नेतृत्वमा यू–१५ राष्ट्रिय महिला टोलीले बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले युइएफए हसकार्य कार्यक्र अन्तर्गत प्रतियोगिता आयोजना गर्दैछ। एन्फाले प्रतियोगिताका लागि खेलाडी छनोट गर्न एन्फा कम्प्लेक्समा जनवरी २६, २७, ३१ र फेब्रुअरी १ र २ तारिखमा पाँच दिन खुला छनोटको आयोजना गरेको थियो। सोहि छनोटबाट प्रशिक्षक रानाले यू १७ टिमको घोषणा गरेकी हुन्।

प्रारम्भिक टोली:
गोलकिपरः सुजाता तामाङ (चितवन), राधिका ओली (दाङ), पुष्पा रोकाया (कैलाली), करुणा बुढाथोकी (बारा)

डिफेन्डरः अमिता भुल (कैलाली), माया मास्के (स्याङ्जा), झुमा विश्वकर्मा (मोरङ), विपना स्नेही (कैलाली), सीता रोकाया (कैलाली), लिला चन्द (कैलाली), अञ्जना पुन मगर (दाङ), प्रेरणा डोल्मा लामा (सर्लाली), दिपा मगर (उदयपुर), सिमरन राई (झापा), रेणु लिम्बु चाबेगु (झापा)

Laxmi sunrise bank
kumari

मिडफिल्डरः रुपा लिम्बु (मोरङ), दिलमाया घिसिङ (बारा), भावना परियार (स्याङ्जा), विकास कुमारी चौधरी (कैलाली), सुमी हाङ्मा राई (सप्तरी), सुक्रिया मिया (स्याङ्जा), काजल स्याङ्तान (रौतहट), सुशीला केसी (चितवन) पुनम चेम्जोङ (पाँचथर)

फरवार्डः सेनु परियार (नवलपुर), दीपा रोकाया (कैलाली), वर्षा ओली (कैलाली), कविता गुरुङ (रौतहट)

प्रकाशित: Feb 03, 2023| 12:29 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।