आइतबार, मंसिर २८, २०८२

मिडफिल्डर विशाल पनि लागे अष्ट्रेलियातिर

पछिल्ला केहि महिनामा दशौंको संख्यामा फुटबलर र बाँकी खेलका खेलाडी अष्ट्रेलिया लगायतका देश गइसकेका छन्। नेपालमा घरेलु फुटबलको संरचना गतिलो बन्न नसक्दा खेलाडीहरु विदेशिरहेका छन्।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका नियमित मिडफिल्डर विशाल राई पनि अष्ट्रेलिया लागेका छन्। नेपाली घरेलु फुटबल र राष्ट्रिय टिममा राम्रो प्रदर्शन गरिरहेका खेलाडी विशाल शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेका हुन्।

National life

पछिल्ला केहि महिनामा दशौंको संख्यामा फुटबलर र बाँकी खेलका खेलाडी अष्ट्रेलिया लगायतका देश गइसकेका छन्। नेपालमा घरेलु फुटबलको संरचना गतिलो बन्न नसक्दा खेलाडीहरु विदेशिरहेका छन्।

विशाल विदेशिएपछि लामो समयदेखि मिडफिल्डमा सँगै खेलिरहेका सुजल श्रेष्ठले पनि उनलाई शुभकामना दिएका थिए। यी दुई खेलाडीले यू–१२ को टिमबाट सँगै खेलेको सुजलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। ‘करिब २० वर्ष लामो फुटबलको सहयात्रामा राष्ट्रिय टिम र क्लबमा हुँदा बिताएका हरेक सुखदु:खका पल सधै याद आइरहने छ,’ सुजलले लेखेका छन्, ‘देशमा खेलकूदको वर्तमान अवस्था, अन्योल भविष्यका कारण प्रतिभावान र देशकै गहना यसरी बिदेसिएको पलले सम्पूर्ण नेपाली खेलकूद र खेलकूद प्रेमिलाई दुःखी बनाएको महसुस गरेको छू।’

उनले आफ्नो देशका युवालाई ‘कठै’ भन्दै विशालको उज्ज्वल भविष्य र सफलताको कामना गरेका छन्। विशालले पछिल्लो दुई सिजनको ए डिभिजन फुटबल लिग मछिन्द्र क्लबबाट खेलेका थिए। मछिन्द्र क्लब तथा राष्ट्रिय टिमकै व्यवस्थापक अनिल श्रेष्ठले उनलाई बिदाइ गरेका थिए।

‘क्लब र राष्ट्रिय फुटबल टिममा तिमीले दिएको योगदान सदैव अबिस्मरणीय रहनेछ,’ व्यवस्थापक अनिलले लेखेका छन्। पछिल्लो समय नेपालबाट अष्ट्रेलिया जाने खेलाडीको संख्या १५ भन्दा धेरै भइसकेको छ। त्यसमा धेरै खेलाडी राष्ट्रिय टिममा खेलिसकेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 03, 2023| 12:15 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।