आइतबार, चैत १९, २०७९

अमर नेम्बाङ स्मृति पुरस्कार श्रवण मुकारुङ र प्रेम ओझालाई

फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार प्रतिष्ठानले अग्रज साहित्यकारहरुलाई प्रदान गर्दै आएको छ।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं- अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले यस वर्ष साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ।

National life insurance

फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार प्रतिष्ठानले अग्रज साहित्यकारहरुलाई प्रदान गर्दै आएको छ। गत वर्ष यस पुरस्कारबाट लेखकद्वय शारदा सुब्बा र बिना थिङ पुरस्कृत भएका थिए। २०७७ मा भने डा. गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७६ मा डा. देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई यो पुरस्कार प्रदान गरिएको थियो।

अमर नेम्बाङ लिम्बुको चौथो स्मृति दिवसको अवसरमा प्रदान गर्न लागिएको सम्मान पुरस्कारसँगै आगलागी र पहिरो पीडितलाई राहत वितरण र गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण कार्यक्रम पनि आयोजना हुनेछन्। कार्यक्रम यही माघ २६ गते बिहीबार फिदिम-१ स्थित होटल मनश्वी बुद्धमार्गमा बिहान १०:३० बजे आयोजना हुने जानकारी प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र सालको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

नेम्बाङले स्थानीय तहबाट देशभरमा पहिलोपटक मातृभाषा शिक्षा पठनपाठनलाई आधारभूत तथा माध्यमिक विद्यालय तहमा सञ्चालन गरेका थिए । गाँउपालिकाको वडा नं ५ ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा २०७५ साल माघ २६ गते हृदयाघातका कारण नेम्बाङको निधन भएको थियो ।

प्रकाशित: Feb 03, 2023| 08:50. 00 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।