मंगलबार, कात्तिक ४, २०८२

जेल फर्केलान् कि प्रशिक्षणमा सन्दीप?

लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो। सोही पुनरावेदनको पेसी आजका लागि तोकिएको हो।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं- नाबालिग बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको पुनरावेदनउपर आज शुक्रबार सुनुवाइ हुँदैछ।

Kumaribank

लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो। सोही पुनरावेदनको पेसी आजका लागि तोकिएको हो।

धरौटीमा छुटेपछि क्यानले सन्दीपको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई बन्द प्रशिक्षणमा समेत बोलाइएको छ। उनले आजदेखि नै प्रशिक्षण थाल्ने भएका छन्।

नाबालिग बलात्कार आरोप लागेका सन्दीप तीन महिनादेखि नेपाली टिमबाट निलम्बनमा थिए। गत भदौ ५ गते राति उनले काठमाडौंको एक होटलमा बालिका बलात्कार गरेको आरोप छ। त्यसपछि उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा रिहा गरेको थियो। रिहा भए पनि उनी काठमाडौं बाहिर र विदेश भने जान पाउने छैनन्।

यही फेब्रुअरी ९ तारिखबाट नेपालमा नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना हुँदैछ। सोहि प्रतियोगिताको लागि क्यानले सन्दीपलाई तयारी गरिरहेको देखिएको छ।

Metro Mart

प्रकाशित: Feb 03, 2023| 07:10 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।