सोमबार, मंसिर २९, २०८२

मिथिला कप : हुसेन चम्किंदा बजाज युथ विजयी सदस्यीय

सप्तरीको राजविराजमा जारि चौंथो संस्करणको मिथिला कप टी-ट्वान्टी अन्तर्गत पाँचौ दिन सम्पन्न एक मात्र खेलमा बजाज युथ क्रिकेट क्लब ५ रनले विजयी भएको छ।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं- सप्तरीको राजविराजमा जारि चौंथो संस्करणको मिथिला कप टी-ट्वान्टी अन्तर्गत पाँचौ दिन सम्पन्न एक मात्र खेलमा बजाज युथ क्रिकेट क्लब ५ रनले विजयी भएको छ। उसले डिफेन्डिङ च्याम्पियन युनाइटेड क्रिकेट क्लब पर्सालाई पराजित गरेको हो। 

National life

बिहीबार बिस्नुपुरस्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न खेलमा बजाज युथ क्लब सप्तरीले दिएको ११४ रनको लक्ष्य पछ्याएको युनाइटेड क्रिकेट क्लब पर्साले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १०८ रन मात्र बनाएको थियो। 

युनाइटेडको लागि यु(१९ राष्ट्रिय क्रिकेटर समेत रहेका सन्तोष कार्कीले ३८ रन बनाएता पनि जित्न पर्याप्त रहेन। अल्फाज मन्सुरीले २५, सम्साद मन्सुरीले २३ रन बनाए। बजाज युथको बलिंगमा मोहम्मद हुसेन एक्लैले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए। बायाँ हाते फास्ट बलर हुसेन प्लेयर अफ द म्याच घोषित भए। बिपिन खत्री, मिकु मण्डल र अभय मण्डलले १–१ विकेट लिए। 

यस अघि  टस जितेर ब्याटिङ गरेको बजाज युथ सप्तरीले २० ओभरमा ८ विकेट क्षेतीमा ११३ रन बन्यो। उसको लागि पपु यादवले सर्वाधिक २५ रन, बिपिन खत्रीले २० रन, मोहम्मद हुसेनले १२ तथा सन्दिप क्षेत्रीले १० रन योगदान दिए। अतिरिक्तको रुपमा उसले १७ रन पायो। 

युनाइटेड पर्साका बलर संसाद मन्सुरीले ३, सैफुल्लाह अन्सारी र सम्साद अन्सारीले २र२ तथा ब्यास यादवले १ विकेट लिए। प्रतियोगिता अन्तर्गत शुक्रबार दोश्रो क्वार्टरफाइनलमा एफसीसी सुनसरी र बिवाईए सप्तरी प्रतिस्पर्धा गर्नेछन्। युवा शक्ति क्लबद्वारा आयोजित नक–आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 02, 2023| 21:03 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।