सोमबार, मंसिर २९, २०८२

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे यी २० खेलाडी

गएको आइतबारबाट प्रशिक्षण गराइसकेका नवनियुक्त प्रशिक्षक मोन्टी देशाईले नेपाली राष्ट्रिय टिमलाई २८ खेलाडीबाट २० खेलाडीमा समेटेका हुन्।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ(क्यान) ले २० खेलाडीको नाम सार्वजनिक गरेको छ।

National life

गएको आइतबारबाट प्रशिक्षण गराइसकेका नवनियुक्त प्रशिक्षक मोन्टी देशाईले नेपाली राष्ट्रिय टिमलाई २८ खेलाडीबाट २० खेलाडीमा समेटेका हुन्। क्यानको बोर्ड बैठकले सन्दिपको निलम्बन फुकुवा गरेसँगै उनी पनि टिममा परेका छन्। अहिले उनीसँगै २० खेलाडी बन्द प्रशिक्षणमा छन्।

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका सन्दीप उच्च अदालत पाटनको आदेशबाट धरौटीमा छुटेका हुन्। उनलाई क्यानले तीन महिना निलम्बन गरेको थियो। उनी क्याम्पमा परे पनि क्यानले सेन्ट्रल क्ट्राक्टमा भने राखेको छैन्।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दिप लामिछाने, ललित राजवंशी, सन्दिप जोरा, भीम सार्की, प्रतिश जिसी, कमल सिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउँद रहेका छन्।

यसअघि क्यानको खेलाडी छनोट समितिले काठमाडौंमै हुने नेपाल नामिबिया स्कटल्यान्ड सिरिजका लागि २८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 02, 2023| 19:41 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।