मंगलबार, कात्तिक ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप विजेता वारानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

विश्वकप विजेता वारानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी वारानले २९ वर्षको उमेरमै संन्यासको घोषणा बिहीबार गरेका हुन्।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं- सन् २०१८ को फिफा विश्वकप विजेता राफेल वारानले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी वारानले २९ वर्षको उमेरमै संन्यासको घोषणा बिहीबार गरेका हुन्।

Kumaribank

अहिले वारान प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडबाट क्लब फुटबल खेलिरहेका छन्। अघिल्लो वर्षको अन्तिममा कतारमा भएको फिफा विश्वकपमा पनि भारानले खेलेका थिए। सो विश्वकपमा फ्रान्सले फाइनलमा अर्जेन्टिनासँग हार बेहोरेको थियो।

उनले ९३ अन्तर्राष्ट्रिय खेलबाट पाँच गोलसमेत गरेका छन्। उनले सन् २०१३ मा अन्तर्राष्ट्रि डेब्यु गरेका थिए। तर उनलको अन्तिम खेल भने विश्वकप फाइनल नै रह्यो। त्यो उनको ९३ औं खेल थियो। ‘एक दशकसम्म आफ्नो विशाल देशको प्रतिनिधित्व गर्न मेरो जिवनको सबैभन्दा ठूलो गौरवको कुरा हो,’ उनले भनेका छन्, ‘जहिले म निलो जर्सी लगाउँछु आफूलाई धेरै भाग्यमानी ठान्छु। मैले जति पनि देशको लागि ड्युटी गरेँ फिल्डमा रहेको समयमा मन लगाएर खेलेँ।’

वारानले आफूले विगत सात महिनादेखि संन्यासको बारेमा सोचिरहेको र अहिले अन्तराष्ट्रियबाट संन्यास लिनुपर्ने अवस्था भएको पनि बताएका छन्। उनी सन् २०२१ को अगस्तमा स्पेनिस क्लब रियल मड्रिडबाट इङ्ग्लीस क्लब युनाइटेडमा अनुबन्ध भएका थिए।

उनीअघि टोटेनहम तथा फ्रान्सका गोलहिपर ह्युगो लोरिसले पनि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए। लोरिसले संन्यास लिएपछि फ्रान्सको कप्तानी वारानले गर्ने आशा गरिएको थियो। तर उनले संन्यासको घोषणा गरेका छन्।

Metro Mart

‘म बच्चा हुँदा नै फ्रान्सले सन् १९९८ मा विश्वकप जितेको केहि याद छ। त्यो टिमले र ती खेलाडीले हामीलाई बयान गर्न नसकिने अनुभव प्रदान गरेको छ,’ उनले भनेका छन्। उनले आफूले सपना देखेको २० वर्षपछि त्यहि स्थानमा पुगेको भाव आएको पनि बताएका छन्। उनले जुलाईको १५, २०१८ आफ्नो विशेष दिन भएको पनि बताएका छन्। उक्त दिन फ्रान्सले विश्वकपको उपाधि जितेको थिए।

प्रकाशित: Feb 02, 2023| 21:45 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।