बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

धमाधम खेलाडी अनुबन्ध गर्दै ए डिभिजनका टिम

काठमाडौंमा सुरु हुने ४३औं संस्करणको सहिद स्मारक ए डिभिजन लिगको लागि संकटाले खेलाडी अनुबन्ध गरिरहेको हो।
 |  बिहीबार, माघ १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं- काठमाडौंमा सहिद स्मारक ए डिभिजन लिग सुरु हुन ठीक एक महिना बाँकी छ। विभिन्न १४ ए डिभिजन क्लबले नै खेलाडी अनुबन्धको प्रकृया जारी राखेका छन्। बन्द प्रशिक्षणसमेत थालिसकेका क्लबहरुले खेलाडी अनुबन्धलाई पनि जारी राखेका छन्।

triton college

आज बिहीबार नै संकटा क्लबले तीन खेलाडी अनुबन्ध गरेको जानकारी सार्वजनिक गरेको छ। काठमाडौंमा सुरु हुने ४३औं संस्करणको सहिद स्मारक ए डिभिजन लिगको लागि संकटाले खेलाडी अनुबन्ध गरिरहेको हो।

संकटा क्लबले फरवार्ड ललित चौलागाईं, फरवार्ड अनिश महर्जन र गोलकिपर निशान रानालाई अनुबन्ध गरेको हो। त्यस्तै, छ दिन अघि मात्र संकटा क्लबले आफ्ना पाँच पूर्व खेलाडीसँग सम्झैता नविकरण गरेको हो।

उसले नियमित कप्तान सरोज दाहाल, डिफेन्डर रवि सिलवाल, गणे हमाल, रोशन पहरी र दिपेन्द्र विकेसँग उसले सम्झौता नविककरण गरेको थियो। यहि सिजनको लागि भनेर संकटाले त्यसअघि नै गोलकिपर टिकेन्द्र थापा, मिडफिल्डर सुर ज्यु ठकुरी, सुनिल बल, मनिष डाँडी र निशान खड्कालाई अनुबन्ध गरिसकेको छ।

यता आज नै हिमालयन शेर्पा क्लबले पनि दुई खेलाडी अनुबन्ध गरेको जानकारी दिएको छ। शेर्पाले डिफेन्डर संजय राजबाहक र सोनित दाहाललाई अनुबन्ध गरेको हो। यसअघि शेर्पाले खामिर गिल्सान र यदु सिलवाललाई अनुबन्ध गरेको थियो।

Metro Mart
vianet

अघिल्लो सिजनको उपाधि विजेता मछिन्द्र क्लबले भने उत्सव राईसँग सम्झौता नविकरण गरेको छ। डिफेन्डिङ च्याम्पियनले यसअघि राष्ट्रिय टिमका देवेन्द्र तामाङ, फरवार्ड बिमल घर्ती मगर, मिडफिल्डर सुजल श्रेष्ठ, र अभिषेक गुरुङसँग पनि सम्झौता गरिसकेको छ।

त्यस्तै फरवार्ड विजय भुजेल, पुजन  उपरकोटी, डिफेन्डर निसेन सुब्बा, फरवार्ड सौरभ लिम्बू र प्रशान्त अवस्थी पनि मछिन्द्रमा रहेका छन्। यता फ्रेन्ड्स क्लबले भने गोलकिपर विसाल सुनारलाई अनुबन्ध गरेको जानकारी दिएको छ।

गत सिजनमा रेलिगेसनबाट मुस्किलले बँचेको फ्रेन्ड्सले फरवार्ड राजेश परियारलाई पनि अनुबन्ध गरेको छ। यसै वर्ष अन्जन विष्ट सहित नेपाली राष्ट्रिय टिममा केहि मूख्य खेलाडीलाई चर्च बोइजले अनुबन्ध गरेको थियो। अहिले अन्जन चाहिँ आई लिग खेल्न भारत पुगेका छन्। नेपालमा घरेलु फुटबलको संरचना कमजोर र भरपर्दो नभएपछि नेपाली फुटबल खेलाडी विदेशिने क्रम निकै बाक्लो भएको छ। यो वर्ष १२ भन्दा धेरै फुटबलर विदेशिएका छन्।

खेलाडीसँगै प्रशिक्षकको अनुबन्धन पनि भइरहेको छ। यसअघि सातदोबाटो टिम सम्हालेका प्रशिक्षक मेघराज केसी फेरि थ्री स्टारमा अनुबन्ध भएका छन्।

प्रकाशित: Feb 02, 2023| 18:46 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।