सोमबार, मंसिर २९, २०८२

राष्ट्रिय टिमको बन्द शिविरमा सन्दीप पनि

बिहीबार राष्ट्रिय टिमको बन्द शिविर नभएका कारण उनी प्रशिक्षणमा थिएनन्।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं– भोलि शुक्रबारबाट क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमको बन्द शिविरमा समावेश हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बोलाएको सुरुआति २८ खेलाडीको नामावलीमा सन्दीप नभए पनि उनलाई भोलिबाट बन्द शिविरमा बोलाइएको हो।

National life

बिहीबार राष्ट्रिय टिमको बन्द शिविर नभएका कारण उनी प्रशिक्षणमा थिएनन्। तर, भोलिबाट उनले टिमसँगै प्रशिक्षण थाल्ने भएका छन्। नाबालिग बलात्कार आरोप लागेका क्रिकेट सन्दीप तीन महिनादेखि नेपाली टिमबाट निलम्बनमा थिए।

गत भदौ ५ गते राति उनले काठमाडौंको एक होटलमा बालिका बलात्कार गरेको आरोप छ। त्यसपछि उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा रिहा गरेको थियो। रिहा भए पनि उनी काठमाडौं बाहिर र विदेश भने जान पाउने छैनन्।

तर यही फेब्रुअरी ९ तारिखबाट नेपालमा नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना हुँदैछ। सोहि प्रतियोगिताको लागि क्यानले सन्दीपलाई तयारी गरिरहेको देखिएको छ।

उनको भोलि फिटनेस लगायतको टेस्ट हुने क्यानले बताएको छ। त्यसैले उनी भोलिबाट राष्ट्रिय टिमको क्याम्पमा समावेश हुने भएका छन्। क्यानको पोखरामा मंगलबार र बुधबार बसेको केन्द्रीय समिति बैठकले उनको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो।

Laxmi sunrise bank
kumari

‘सन्दीप बन्द प्रशिक्षण छोडेर हिँडेको भनेर हामीले निलम्बन गरेको हो। निलम्बन गरेको पनि तीन महिना पूरा भएका कारण हामीले फकुवा गरेको हो,’ क्यान अध्यक्ष चतुर बहादुर चन्दले बैठक सकिएपछि भनेका थिए।

यता सन्दीपले क्यानको नियुक्तिको पर्खाइमा रहे पनि मुख्य प्रशिक्षकको काम गरिरहेका मोन्टि देशाईलाई बिहीबार भेट गरेका छन्। सन्दीपलाई क्यानले सन् २०२३ को सुरुआतिको छ महिनाको सेन्ट्रल कन्ट्राक्टमा भने राखेको छैन।

प्रकाशित: Feb 02, 2023| 17:51 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।