काठमाडौं- भारतीय राष्ट्रिय क्रिकेट टिममा ब्याटर सुभमन गिलले पूर्वकप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन्। उनी क्रिजमा लामो समय बस्दै विस्फोटक सतकको सहयोगमा कीर्तिमान तोडेका हुन्।
बुधबार गिलले न्युजिल्यान्डविरुद्धको टी–२० खेलमा ६३ बलमा १२६ रनको सानदार सतक बनाएका थिए। त्यस दौरान उनले १२ चौका र सात छक्का प्रहार गरेका थिए। पिचमा अवस्था यस्तो रह्यो कि हार्दिक पाण्ड्याले डेब्युटान बलरले प्रहार गरेको वाइड योर्करमा पनि रन प्रहार गर्न सकेका थिएनन्।
तर इशान किसनसँग ओपनिङमा आएका शुभमन खेलमा अविजित रहे। उनको ठूलो पारीको सहयोगमा भारतले १६८ रनको जित निकालेको थियो। अहमदाबादमा भएको सिरिज डिसाइडर खेलमा उनले हरेक बलमा दुई रन प्रहार गरेका थिए।
औषतमा सीधा र बर्गाकार रुपमा ७० मिटर बाउन्ड्रि भएको मैदानमा उनले १९ बाउन्ड्रि प्रहार गरेका हुन्। यता खेलमा हार्दिक र राहुल त्रिपति क्याचआउट भएका थिए। तर २३ वर्षका गिललाई कसैले रोक्न सकेन्। उनले सात पटकसम्म स्पष्ट बाउन्ड्रि प्रहार गरे।
यससँगै उनी टी २० क्रिकेटको एकै खेलमा भारतकै सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्। उनले कोहलीको कीर्तिमान तोडेर सो कीर्तिमान बनाएका हुन्। कोहलीले गएको वर्ष यूएईमा अफगानिस्तानविरुद्ध १२२ रन बनाएका थिए।