मंगलबार, असार १७, २०८२

नेपालमा पनि राम्रो छ कमाइ 'पठान'को, शुक्रबारदेखि 'ह्यारीकी प्यारी' सँग प्रतिस्पर्धा

नेपालमा मनोज राठीले पठान ल्याएका हुन्। फिल्मले १ सातामा नेपालबाट ६ करोड रूपैयाँ कमाएको छ।
 |  बिहीबार, माघ १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

vianetvianet

काठमाडौं- शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म 'पठान' ले विश्वभर नै राम्रो कमाइ गरिरहेको छ। नेपालमा पनि पठानको कमाइ राम्रो भएको छ।

नेपालमा मनोज राठीले पठान ल्याएका हुन्। फिल्मले १ सातामा नेपालबाट ६ करोड रूपैयाँ कमाएको छ। २५ जनवरीमा रिलिज भएको पठानले अझै राम्रो संख्यामा दर्शक पाइरहेको छ। पठानले नेपाली फिल्मसँग प्रतिस्पर्धा नै गर्नु परेन। भोलि शुक्रबारदेखि बल्ल जितु नेपालको ह्यारीकी  प्यारी रिलिज हुँदैछ। हलहरुले नेपाली फिल्मलाई राम्रै संख्यामा शो दिए पनि पठानले पनि पर्याप्त शो पाइरहेको छ। 

जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको ह्यारीकी प्यारीले पहिलो दिन शुक्रबार क्यूएफएक्सले २५ शो उपलब्ध गराएको छ। त्यस्तै बिग मुभिजले ३, बिएसआरले २, वान सिनेमाजले ६, एफक्यूबले ३ शो उपलब्ध गराएका छन्। 

डा. भोला रिजालको निर्माण एवं उनका छोरा डा. कपिल रिजालको लेखन एवं निर्देशन रहेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेललगायतको पनि भूमिका छ।

प्रिमियरमा निम्तालु चलचित्रकर्मीबाट निकै राम्रो प्रतिक्रिया पाएको ‘ह्यारी कि प्यारी’लाई दर्शकहरुले पनि रुचाउने विश्वास गरिएको छ। भोला रिजाल दुई दशकपछि यसै चलचित्रमार्फत निर्माताका रुपमा फर्किएका हुन् भने जितु पहिलो पटक सोलो अभिनेताको रुपमा प्रस्तुत भएका हुन्।

प्रकाशित: Feb 02, 2023| 19:15 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।