आइतबार, चैत १९, २०७९

स्रष्टा सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री प्रचण्ड

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापनाको जग बसालेको प्रचण्डले गरे स्मरण।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्रष्टा सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन्। बिहीबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

National life insurance

उनले भने, ‘ललितकला क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईंहरूले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईंहरूले खेलेको भूमिका प्रशंसनीय छ।’

पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापनाको जग बसालेको उनले बताए। ‘अहिले स्थापनाको १२ वर्ष पुगेको छ। मलाई गर्व महसुस भएको छ। अझ चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका तपाईं विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुसी छु। यसले राष्ट्रकै गरिमा र उचाइ बढाउँछ’, प्रधानमन्त्री प्रचण्डले भने।

कार्यक्रममा प्रधानमन्त्रीले ललितकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने स्रष्टालाई सम्मानित गर्नुका साथै ललितकलासम्बन्धी सिर्जना अवलोकन गरेका थिए।

प्रकाशित: Feb 02, 2023| 03:40. 05 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।