मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुनको मूल्यले छुँदै अकास, प्रतितोला १ लाख साढे ७ हजारमा कारोबार

सुनको मूल्यले छुँदै अकास, प्रतितोला १ लाख साढे ७ हजारमा कारोबार

बिहीबार प्रतितोलामा १ हजार ३०० रुपैयाँ बढेर छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय पुगेको छ।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

National life
kumari

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा १ हजार ३०० रुपैयाँ बढेर छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय पुगेको छ।

अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सयमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्यसमेत तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख ७ हजारमा करोबार भइरहेको महासंघले जनाएको छ। 

चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यभन्दा २५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित: Feb 02, 2023| 11:15 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्