काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्यमा बुधबार निर्वाचित भएका छन्।
बहराइनमा सम्पन्न एएफसीको ३३औं चुनावबाट नेम्वाङ कार्यसमिति सदस्यमा निर्वाचित भएका एन्फाले जनाकारी दिएको छ।
उनी साउथ जोनबाट चार वर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन्। उनीसँगै साउथ जोनबाटै माल्दिभ्सका बसम अदेल जालील पनि कार्यसमितिमा निर्वाचित भएका हुन्।
यसअघि एएफसीको अध्यक्ष रहेका शेख सलमान विन अब्राहिम अल खालिफा पुनः निर्वाचित बनेका छन्। एएफसीको यो समिति चार वर्षको लागि हुनेछ।
बहराइनका शेख सलमान तेस्रो कार्यकालका लागि एएफसीको अध्यक्ष निर्वाचित भएका हुन्।