मंगलबार, असार १६, २०८३

सम्झना कप टेबल टेनिसमा भारतको गुजरातलाई स्वर्ण

सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि को मुख्य प्रायोजन तथा ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३–० ले पराजित गर्‍यो।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- भारतको गुजरात टेबलटेनिस एसोसिएसनले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बुधबार स्वर्ण जितेको छ।

सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि को मुख्य प्रायोजन तथा ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३–० ले पराजित गर्‍यो।

डबल्समा गुजरातका भतासिन र भ्रिसिनको जोडीले विनेश खनियाँ र विपुल महर्जनको जोडीलाई ७–११, १२–१०, १३–११ र ११–९ को सोझो सेटमा पराजित गरे। सिंगल्समा सान्तोषले संयोग कपालीलाई १२–१०, ११–६, ८–११ र ११–७ को सेटमा हराए। अर्को सिंगल्समा भ्रिसिनले विपुललाई ११–६, ९–११, ११–४ र ११–९ ले पाखा लगाए।

महिला टिम इभेन्टमा भने मंगलबार नेपाल प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गर्दै स्वर्ण जितेको थियो।

प्रकाशित: Feb 01, 2023| 21:15 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।