सोमबार, मंसिर २९, २०८२

टेनिसमा अकी र आरभको जोडी सेमिफाइनल प्रवेश

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले दक्षिण कोरियाका जियोम डो र वोन्मिन किमको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरे।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वर्ल्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

National life

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले दक्षिण कोरियाका जियोम डो र वोन्मिन किमको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरे। भारतका स्मिट निलेशभाइ पटेल र देबासिश साहु, हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दल तथा भारतका सेहजसिंह पवार र प्रत्यशको जोडी पनि सेमिफाइनलमा पुगे।

गर्ल्स डबल्समा बेल्जियमकी क्यामिले फिसेट र हङकङकी लिङ छुन वोङ, थाइल्यान्डकी कान्छ्या छुङवातना र भारतकी अमोदिनी नायक, मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभ तथा भारतका अनुष्का भोला र मेहक कपुरको जोडीले सेमिफाइनलमा स्थान बनाए।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका देबासिश साहु, हङकङका होङ क्यु लाउ, भारतका वंश नन्दल, भियतनामका फाम ला होङ, भारतका प्रत्यश, भियतनामका नक लाम काउ, ताइपेईंका काइ इन याङ र भारतका सेहजसिंह पवारले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

महिला सिंगल्समा भारतकी साइ जान्भी, भारतकी तमन्ना तकोरिया, रुसकी मिलिना शुब्खानकुलोभा, बेल्जियमकी क्यामिले फिसेट, हङकङकी जान लिङ छुन वोङ, मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभ तथा भारतकी सौम्य रोन्डे क्वाटरफाइनलमा पुगे।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 01, 2023| 19:53 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।