बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

क्यानको दुई दिने बैठकले गर्‍यो १३ बुँदे यी निर्णय

क्यानले सन्दीप लामिछानेको निलम्बन फुकुवासँगै यू–१९ टिमको कप्तानी नियुक्त गर्नेसम्मको निर्णय गरेको हो।
 |  बुधबार, माघ १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा हिजो मंगलबार र आज बुधबार भएको बैठकले खेलाडीको ग्रेडिङ, जेठमा साधारणसभा, सेभेन थ्रि स्पोर्टससँगको सम्झौता लगायतका विषयमा केही पूर्ण र केही आंशिक निर्णय गरेको छ। क्यानले सन्दीप लामिछानेको निलम्बन फुकुवासँगै यू–१९ टिमको कप्तानी नियुक्त गर्नेसम्मको निर्णय गरेको हो।

triton college

बंठक मंगलबार बिहानै सुरु हुने तय भए पनि क्यानका सातजना केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, करण महतरा क्षेत्री, सञ्जयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले अध्यक्षको राजीनामा गरेर बैठक बहिस्कार गरेका थिए। उनीहरुलाई पर्खिने हुँदा बैठक मंलगबार साँझ पर्न लाग्दा मात्र सुरु भएको थियो। सो बैठक विभिन्न निर्णय गर्दै बुधबार सम्पन्न भएको छ। यस्ता छन् बैठकका एजेन्डा र उसले गरेका निर्णयहरुः

१) यू १९ एसिया कप छनोटबारे बुँदामा निर्णय गर्दै क्यानले यू १९ को कप्तानमा गुल्सन झालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएको छ। बोर्ड बैठकमा गुल्सनसँगै देव खनालको नाम पनि कप्तानको लागि सिफारिस भएको थियो। उनी दुई वर्ष अघिमात्र पुलिसबाट घरेलु क्रिकेटमा डेब्यु गरेका थिए। त्यसअघि मधेश प्रदेशको टिममा पर्न सफल भएका थिएनन्।

२) क्यानले काठमाडौंमा एसीसी प्रिमियर कप आउँदो अप्रिलमा आयोजना गर्ने भएको छ। एसियाली क्रिकेट काउन्सिल अन्तर्गतको प्रतियोगिता आयोजनाको लागि एसिसीले नेपाललाई प्रस्ताव गरेको थियो। पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगिता इमर्जिङ टिम्स एसिया कपको छनोट खेलसमेत रहेको छ।

यो प्रतियोगितामा पहिलो हुने टिमले एसिया कप खेल्न पाउनेछ। प्रिमियर कपमा नेपालसहित कुवेत, कतार, ओमन, हङकङक, सिंगापुर, मलेसिया रहेका छन्।

Metro Mart
vianet

३) क्यानको वार्षिक साधारणसभा आगामी फागुन १४–१५ मा सुर्खेतमा आयोजना हुने भएको क्यानले जनाएको छ। बैठकले विभिन्न विवादका कारण क्यानको साधारणसभा फागुनमै गर्ने निर्णय पारित गरेको हो। यसअघि क्यानको साधारणसभा फागुनमै भएको थियो। सो साधारणसभाले सेभेन थ्रि स्पोर्टससँगको सम्झौता सदर गरेको थियो।

त्यस्तै क्यानको विषेश साधारणसभा भने २०८० सालको जेठमा हुने भएको छ। साढे तीन वर्षअघि असोजको १० र ११ गतेको साधारणसभामा बनेको निर्वाचन समितिको चार वर्ष आगामी असोजमा पुग्ने भए पनि विवादका कारण साधारणसभा अघि सारिएको छ। त्यसका लागि जिल्ला र प्रदेशको कार्य समितिको निर्वाचन पनि सम्पन्न गर्ने क्यालने निर्णय गरेको छ।

४) एजेन्डाको पाँचौं नम्बरमा क्यानले कार्यसम्पदन समितिको विस्तारमा छलफल गर्नका लागि एजेन्डा तयार गरेको थियो। तर समितिमा एक मुख्य सदस्य र क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नै राजीनामा दिएका छन्। गएको पुषमा काठमाडौंमा सञ्चालन भएको नेपाल टी–२० लिगका लागि सेभेन थ्रि स्पोर्टससँगको सम्झौता, खेलाडीले पारिश्रमिक नपाएको साथै स्पट फिक्सिङ भएका कारण प्रतियोगिताको आयोजकको आलोचना भएको थियो।

त्यसपछि क्यानकै सात सदस्यहरुले पदाधिकारीको राजीनामा माग गरेका थिए। मंगलबार अबेर सुरु भएको बैठकमा मल्लले राजीनामा दिएका हुन्। यता सदस्यहरुले भने अध्यक्ष चतुरबहादुर चन्दसँगै अन्य पदाधिकारीको पनि राजीनामा माग गरेका थिए। राजीनामा माग गर्ने सदस्यहरु बैठकमा उपस्थित थिएनन्।

दुई वर्षअघि तत्कालिन सचिव अशोकनाथ पाकुरेलले राजीनामा दिएपछि नेपाल क्रिकेट संघले प्रशान्तलाई कार्यवाहक सचिव नियुक्त गरेको थियो। अहिले बैठकले सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिएको छ।

‘कार्यसम्पादन समितिको सदस्यहरुको राजीनामा माग गर्दै बैठक बहिस्कार गरेको विषयमा छलफल हुँदा निजहरुको उक्त मागले नेपाल क्रिकेट संघ क्यान फेरि एक पटक निलम्बनतिर जाने खतरा रहेको महशुस गरेको छ। तसर्थ विगतका कमी कमजोरीलाई सच्याएर एक ढिक्का भएर नेपाल क्रिकेट संघको हकहितका लागि एकजुट भई अगाडि बढ्नका लागि सहकार्यमा आउन बैठकले अग्रह गरेको छ,’ क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

५) कार्यसम्पादन समितिको बैठकबाट भएका निर्णयहरु अनुमोदनका सम्बन्धमा क्यानले केहि खुलाएको छैन। यसका कुन कुन निर्णय भएका थिए र कुन कुन अनुमोदन भए भन्ने कुरा क्यानले सार्वजनिक गरेको छैन।

तर उसले नेपाल टी २० लिगको विषयलाई लिएर एभरेस्ट प्रिमियर लिगका सञ्चालक अमिर अख्तरलाई मुद्दा फिर्ताको लागि अनुरोध गरेको छ।

६) बैठकबाट क्यानले सन् २०२३ को ग्रेडिङ सार्वजनिक गरेको छ। निलम्बन फुकुवा भए पनि सन्दीप लामिछानेलाई भने क्यानले सेन्ट्रल कन्ट्याक्टमा राखेको छैन। नयाँ ग्रेडअनुसार ग्रेड एमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन्। ग्रेड बीमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा राखिएको छ।

महिला खेलाडीको ग्रेडिङः

एः रुविना क्षेत्री, सीता राना मगर र इन्दू बर्मा

बीः कजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य

सीः कविता जोशी, विन्दू रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे, अप्सरी बेगम

७) गण्डकीका दुई जिल्ला बाग्लुङ र पर्वतको तदर्थ समितिलाई संघको मान्यता दिने भएको छ।

८) बलात्कार आरोप लागेका खेलाडी सन्दीपको नेपाल क्रिकेट संघ क्यानले निलम्बन फुकुवा गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लामिछानेले गत भदौ ५ गते काठमाडौं गौशालाको एक होटलमा लगेर नाबालिग किशोरी बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई भदौ २३ मा निलम्बन गरेको थियो। गत असोज २० गते पक्राउ परेका लामिछाने पुर्पक्षका लागि थुनामा रहेकोमा पाटन उच्च अदालतले गत पुस २८ गते २० लाख धरौटी राखेर छोड्न आदेश दिएपछि थुनामुक्त भएका थिए।

९) संघको वेबसाइट र एप, सामाजिक सञ्जालहरुको स्तरवृद्धिका लागि माकुरा क्रिएसनसँग क्यानले सम्झौता गर्ने एजेन्डमा उल्लेख थियो। तर क्यानले सो विषयमा कुनै जानकारी दिएको छैन। 

त्यस्तै क्यानले संघका कर्मचारीको करार अवधिबारे र विधान संशोधनबारेको बुँदामा बारे छलफल भयो वा भएन भनेर जानकारी दिएको छैन।

१०) पूर्व प्रहरी महानिरीक्षक इश्वरबाबु कार्कीको संयोजकत्वमा अफिसर रितेश सिंह र एक सदस्य पछि मनोनयन गर्ने गरी क्यानले इन्टिग्रिटी कमिटी गठन गरेको छ।

११) बैठकमा नेपाल टी २० लिग प्रतियोगिताका सम्बन्धमा गभर्निङ काउन्सिलले तयार गरेको प्रतिवेदन पेस गर्ने तय थियो। साथै बैठकमा सेभेन थ्रि स्पोर्टससँग भएको सम्झौताको दोस्रो संसोधनबारे जानकारी गराउने एन्जेन्डामा उल्लेख गरिएको थियो। यसलाई बैठकले संघको साधारणसभामा लैजाने योजना थियो तर यो बैठकबाट गभर्निङ काउन्सिल नै विघटन भएको छ। नेपाल टी २० लिग सकिएले काउन्सिल विघटन भएको क्यानले विज्ञप्तिमा लेखेको छ। त्यस्तै सेभेन थ्रि स्पोर्टससँगको सम्झौताबारे वार्षिक साधारणसभाले निर्णय गर्ने भएको छ।

त्यस्तै राखेपबाट गठन भएको छानविन कार्यदलको रिपोर्टले सेभेन थ्रि स्पोर्टससँग सम्झौता रद्द गर्न क्यानलाई सुझाव दिएको थियो। यता क्यानले विदेशी कम्पनीसँग सम्झौता गनुपूर्व मन्त्रालयको स्विकृति लिनुपर्नेमा सो नलिएको बारे पनि छलफल भएको थियो। ‘सेभेन थ्रि स्पोर्टस प्रालिसँगको सम्झौतालाई निरन्तरता दिन नसकिने अवस्था सृजना भएकोले आगामी वार्षिक साधारण सभाबाट निर्णयका लागि पेश गर्ने निर्णय गरियो,’ क्यानले विज्ञप्तिमा लेखेको छ। क्यानले संघका तर्फबाट नेपाल टी–२० लिगमा भएको खर्चको विवरण पनि पेश गर्ने बैठकको योजनामा थियो। तर क्यानले सो विवरणबारे भने जानकारी दिएको छैन।

१२) क्यानले खाता सञ्चालन र कर्मचारीको तलब वृद्धि बारे पनि एजेन्डामा भए पनि निर्णय सार्वजनिक गरिएको छैन। क्यानले बैठकका लागि १६ भन्दा धेरै एजेन्डा तय गरेको थियो भने १३ निर्णय सार्वजनिक गरेको छ।

१३) छलफलका लागि लिग २ बारे राखिए पनि त्यसको निर्णय भने सार्वजनिक छैन। अब नेपालले आईसीसीका एक दिवसीइ विश्वकप लिग २ का एक चक्रका तीन सिरिज खेल्न बाँकी छ। त्यका दुई प्रतियोगिता नेपालमा एक यूएईमा हुने तय छ।

प्रकाशित: Feb 01, 2023| 16:05 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।