सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • क्यानको नयाँ खेलाडी वरीयताः पूर्वकप्तान मल्ल 'बी'मा, निलम्बन फुकुवा भए पनि सन्दीप परेनन्

क्यानको नयाँ खेलाडी वरीयताः पूर्वकप्तान मल्ल 'बी'मा, निलम्बन फुकुवा भए पनि सन्दीप परेनन्

क्यानले सन् २०२३ को ग्रेडिङ सार्वजनिक गरेको हो।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को मंगलबार र बुधबार पोखरामा बसेको बैठकले नेपाली पुरुष तथा महिला खेलाडीको नयाँ ग्रेडिङ (वरीयता) सार्वजनिक गरेको छ। क्यानले सन् २०२३ को ग्रेडिङ सार्वजनिक गरेको हो।

National life

सन्दीप लामिछानेलाई निलम्बन फकुवा गरेकै दिन क्यानले ग्रेडिङसँगै सेन्ट्रल कन्ट्याक्टमा राख्ने खेलाडीको नामावली पनि सार्वजनिक गरेको हो। तर सन्दीपलाई भने क्यानले सेन्ट्रल कन्ट्याक्टमा नराख्ने भएको छ। 

नयाँ ग्रेडअनुसार ग्रेड एमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन्। ग्रेड बीमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा राखिएको छ।

महिलातर्फ रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड एमा परेका छन् भने बी मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य र कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छिन्।

पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनसम्मका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय पनि गरेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 01, 2023| 13:17 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।