शुक्रबार, मंसिर १९, २०८२

कीर्तिमानी मूल्यमा चेल्सी जाँदै विश्वकप विजेता एन्जो

चेल्सीले यो वर्ष पनि खेलाडी ट्रान्सफरमा ठूलो रकम दाउमा लगाएको छ। उसले विश्वकप विजेता एन्जो फर्नान्डेसलाई कीर्तिमानी मूल्य १०७ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्ने भएको छ।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- चेल्सीले यो वर्ष पनि खेलाडी ट्रान्सफरमा ठूलो रकम दाउमा लगाएको छ। उसले विश्वकप विजेता एन्जो फर्नान्डेसलाई कीर्तिमानी मूल्य १०७ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्ने भएको छ।

National life

बेन्फिकाका मिडफिल्डर एन्जोलाई चेल्सीले जनवरी विन्डोमै किन्ने भएको हो। यसअघि म्यानचेस्टर सिटीले सन् २०२१ मा ज्याक ग्रिलिस किन्दा एक सय मिलियन पाउन्ड खर्च गरेको थियो। अहिले त्यो ट्सान्फरलाई छायामा पार्ने गरी चेल्सीले खेलाडी अनुबन्ध गरेको हो।

सम्झौताबारै जानकारी दिँदै पोर्चुगिज क्लब बेन्फिकाले लेखेको छ, ‘एन्जो फर्नान्डेसको सरुवाबारे कुरालाई लिएर चेल्सीसँग हामी सम्झौता भएको छ।’ यता एन्जो गएको अगस्तमा १० मिलियन पाउन्डमै अनुबन्ध भएका थिए। त्यसपछिको विश्वमा उनले निकै उत्कृष्ट प्रदर्शन गरेर विश्वकपमा उत्कृष्ट युवा खेलाडी बनेका थिए।

त्यसपछि उनको मूल्य आकाशिएको थियो। अब उनी क्लबमा अनुबन्ध भएसँगै चेल्सीले यो जनवरी विन्डोमा २८८ मिलियन पाउन्ड खर्च गरेको छ। समर विन्डोमा एकै क्लबले २९२ मिलियन पाउन्ड खर्च गरेपछिको यो निकै ठूलो खर्चका रुपमा पनि हेरिएको छ।

रसियन राष्ट्रपतिका सल्लाहकार तथा व्यवसायी रोहन एब्राहिमोबिचले छोडेपछि चेल्सीलाई टोड बेइलीले किनेका छन्। उनले चेल्सीमा ठूलो खर्च गरिरहेका छन्। उनले चेल्सीलाई पाँच दशमलव दुई बिलियन अमेरिकी डलरमा खरिद गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 01, 2023| 11:33 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।