सोमबार, मंसिर २९, २०८२

क्यान बैठकः कार्यबाहक सचिवको राजीनामा, साधारण सभा जेठमै हुने

नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा आगामि जेठमा हुने भएको छ।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा आगामि जेठमा हुने भएको छ। पोखरामा जारी नेपाल क्रिकेट संघको केन्द्रीय समितिको बैकले विभिन्न विवादका कारण क्यानको साधारण सभा जेठमै गर्ने निर्णय पारित गरेको हो।

National life

यसअघि क्यानको साधारण सभा असोजको १० र ११ गते भएको थियो। त्यो साधारण सभामा बनेको निर्वाचन समितिको चार वर्ष आगमी असोजमा पुग्ने भए पनि विवादका कारण साधारण सभा अघि सारिएको छ।

त्यस्तै, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन्। गएको पुषमा काठमाडौंमा सञ्चालन भएको नेपाल टी–२० लिगका लागि सेभेन थ्रि स्पोट्ससँगको सम्झौता, खेलाडीको पारीश्रमिक नपाएको साथै स्पट फिक्सिङ भएको कारण प्रतियोगिताको आयोजकको आलोचना भएको थियो।

त्यसपछि क्यानकै सात सदस्यहरुले पदाधिकारीको राजीनामा माग गरेका थिए। मंगलबार अबेर सुरु भएको बैठकमा मल्लले राजीनामा दिएका हुन्। यता सदस्यहरुले भने अध्यक्ष चतुर बहादुर चन्दसँगै अन्य पदाधिकारीको पनि राजीनामा माग गरेका थिए। राजीनामा माग गरेका सदस्यहरु बैठकमा उपस्थित थिएनन्।

दुई वर्षअघि तत्कालिन सचिव अशोकनाथ पाकुरेलले राजिनामा दिएपछि नेपाल क्रिकेट संघले प्रशान्तलाई कार्यवाहक सचिव नियुक्त गरेको थियो। कार्यबाहक सचिवको जिम्मा भने सदस्य दुर्गाराज पाठकले पाएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 01, 2023| 10:45 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।