मंगलबार, पुस १, २०८२

सन्दीप लामिछानेको निलम्बन फुकुवा

पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ। पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो।

National life

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लामिछानेले गत भदौ ५ गते काठमाडौं गौशालाको एक होटलमा लगेर नाबालिग किशोरी बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई भदौ २३ मा निलम्बन गरेको थियो। गत असोज २० गते पक्राउ परेका लामिछाने पुर्पक्षका लागि थुनामा रहेकोमा पाटन उच्च अदालतले गत पुस २८ गते २० लाख धरौटी राखेर छोड्न आदेश दिएपछि थुनामुक्त भएका थिए।

उनलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले मंगलबार नै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको थियो। सोही दिन क्यानले भने लामिछानेमाथिको निलम्बन फुकुवाको निर्णय गरेको हो।

निलम्बन फुकुवाको बारेमा क्यानले औपचारिक रुपमा सूचना भने दिएको छैन। निलम्बन फुकुवापछि उनलाई राष्ट्रिय टिममा समावेश गर्ने-नगर्ने वा नेपालको तर्फबाट खेल्न अनुमति हुने-नहुनेबारे पनि स्पष्ट भइसकेको छैन।

प्रकाशित: Feb 01, 2023| 06:16 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।