आइतबार, मंसिर २८, २०८२

साफ खेल्न बंगलादेश जाने यू-२० महिला फुटबल टिमको बिदाइ

अखिल नेपाल फुटबल संघको (एन्फा) मूख्यालयमा आज एक कार्यक्रम गर्दै एन्फाले बंगलादेश जाने यू–२० टिमको बिदाइ गरेको हो।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं- ढाकामा फेब्रुअरी ३ देखि सुरु हुने यू-२० महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको मंगलबार बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघको (एन्फा) मूख्यालयमा आज एक कार्यक्रम गर्दै एन्फाले बंगलादेश जाने यू–२० टिमको बिदाइ गरेको हो।

National life

कार्यक्रममा एन्फाका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले खेलाडीलाई शुभकामनासहित बिदाइ गरेका थिए। त्यस्तै, उपाध्यक्ष विराटजंग शाही, पूर्व सहसदस्य पुरुषोत्तम थापा, पेमा डोल्मा लामा र सरिला श्रेष्ठ तथा महासचिव किरण राईको उपस्थिति रहेको विदाई सभामा खड्काले खेलाडीलाई देशको प्रतिनिधित्व गर्न पाउनु खुसीको कुरा भएको बताएका थिए। उनले टोलीलाई च्याम्पियनसिपको सफलताको शुभकामना व्यक्त गरेका थिए।

टोलीले ढाकामा फेब्रुअरी ३ देखि ९, २०२३ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ। यस अगाडि नेपाली यू–१५ र यू–१७ को समेत कप्तानी गरिसकेकी प्रिती राईलाई एन्फाले यो साफको लागि कप्तानको जिम्मेवारी दिएको छ। उनले नेपाली सिनियर टिमबाट पनि खेलिसकेकी छिन्।

उनीसँगै सिनियर टिमबाट खेलिसकेकी दिपा शाही र अमिषा कार्की पनि टिममा रहेका छन्।

अन्तिम टोलीः

Laxmi sunrise bank
kumari

गोलकिपरः कविता विक, सावित्री किशन र लिला जोशी

डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यस्मलाई मगर, प्रतिक्षा चौधरी, रकुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल र दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द


प्रकाशित: Jan 31, 2023| 19:45 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।