मंगलबार, पुस १, २०८२

राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणमा ४३ खेलाडी

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि सोमबार प्रशिक्षक थापाले ४३ खेलाडीलाई प्रारम्भिक टोली बोलाइएका हुन्।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय महिला टिमका नवनियुक्त प्रशिक्षक अनन्त थापाले भारतसँगको मैत्रीपूर्ण खेलका लागि ४३ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ(एन्फा) ले जानकारी दिएको छ।

National life

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि सोमबार प्रशिक्षक थापाले ४३ खेलाडीलाई प्रारम्भिक टोली  बोलाइएका हुन्। राष्ट्रिय महिला टोलीको बन्द शिविर मंगलबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुँने एन्फाले जनाएको छ।

प्रारम्भिक टोलीमा नेपाली राष्ट्रिय टिमका नियमित खेलाडी एञ्जिला तुम्बापो सुब्बा, विमला चौधरी, हिरा कुमारी भुजेल, गीता राना, मञ्जली कुमारी योञ्जन, अमृता जैसी, अनिता बस्नेत, कप्तान रेणुका नगरकोटे, अनिता केसी, सरु लिम्बु, सावित्रा भण्डारीरहेका छन्।

उनीहरुसँगै अमिषा कार्की,  अञ्जली वाइवा, अञ्जना राना मगर, अनुष्का शेर्पा, विमला विक, चन्द्रा भण्डारी, दिपा न्यौपाने, दीपा शाही, गंगा गुरुङ, घिम कुमारी गुरुङ,  हिमा चौधरी, कविता विक, कविता धिमाल, खुस्मा राई, कुसुम खतिवडा, मनिका कुस्वार, मेनुका आले मगर, निर्मला विक, निशा थोकर, प्रीति राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेलखरा, सविता राना मगर, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती ऐयर,  सिर्जना चेम्जोङ, सिर्जना सिंह ठकुरी, सुनिता चौधरी, उषा नाथ रहेका छन्।

रेणुका साफको बन्द प्रशिक्षणमा घाइते भएपछि टिममा थिइनन्। त्यसैले गोलकिपर एञ्जिलालाई टिमको कप्तान चुनिएको थियो। यद्यपी सुरुआति बन्द प्रशिक्षणमा कप्तान भने घोषणा गरिएको छैन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 30, 2023| 14:58 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।