आइतबार, कात्तिक २, २०८२

मागियो क्यान अध्यक्षको राजीनामा

क्यानका केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिका प्रशान्तविक्रम मल्ल, रोशन सिंहलगायतको राजीनामा मागेका हुन्।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) मा आबद्ध ७ असन्तुष्ट केन्द्रीय सदस्यले कार्यसम्पादन समितिमा रहेका पदाधिकारीको राजीनामा मागेका छन्।

Kumaribank

आइतबार क्यानका केन्द्रीय सदस्यले पत्रकार सम्मेलनमार्फत अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिका प्रशान्तविक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको राजीनामा मागेका हुन्।

नेपाल टी–२० लिगमा देखिएको पछिल्लो विवादमा कार्यसम्पादन समितिको कमजोरी भएको दाबीसहित उनीहरुले अध्यक्षको राजीनामा मागेका हुन्।

पत्रकार सम्मेलनमा क्यानका केन्द्रीय सदस्य अमितवीर पाण्डे, छुम्बी लामा, धर्मराज गिरी, ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री उपस्थित थिए। उनीहरुले नेपाल टी–२० लिगको स्पट फिक्सिङ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स कम्पनीसँगको सम्झौतामा क्यान नेतृत्व दोषी रहेको आरोप लगाए।

प्रकाशित: Jan 29, 2023| 13:42 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।