आइतबार, कात्तिक २, २०८२

बेलारूसकी साबलेन्काले जितिन् अस्ट्रेलियन ओपनको उपाधि

बेलारूसकी टेनिस स्टार आर्यना साबलेन्काले अस्ट्रेलियन ओपनमा महिलातर्फको उपाधि पहिलो ग्रान्डस्लमको जितेकी छन्।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- बेलारूसकी टेनिस स्टार आर्यना साबलेन्काले अस्ट्रेलियन ओपनमा महिलातर्फको उपाधि पहिलो ग्रान्डस्लमको जितेकी छन्। पाँचौँ बरियाताकी २४ वर्षीया सबलेन्काले काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै शनिबार उपाधि चुमेकी हुन्। 

Kumaribank

अघिल्लो वर्ष छनोटबाटै बाहिरिएकी सबलेन्काका लागि रड लाभर एरिना, मेलबर्नमा शनिबार भएको फाइनल भने सम्झनलायक बन्यो। उनले विम्बल्डन च्याम्पियन रेबाकिनालाई हराउँदै उपाधि जितेकी हुन्।

‘यो मेरो लागि वर्षको सुन्दर सुरुआत भयो,’ ट्रफी समाउँदै उनले भनिन्, ‘टप खेलपछिको यो फाइनल खेल निकै मनोरञ्जनात्मक भएकोजस्तो मलाई लागेको छ।’

फाइनल खेलमा साबलेन्काले एलिनालाई ४–६, ६–३ र ६–४ को सेटमा पराजित गर्दै  उपाधि जित्दा उनले आफ्नो देशको प्रतिनिधित्व गर्न भने पाइनन्। अहिले रसिया युक्रेन युद्धका कारण रसिया र बेलारुसले एटिपी र डब्लूटीलगायतका प्रतियोगितामा समावेश हुन पाएका छैनन्।

‘मलाई साँच्चै लाग्छ कि ती अघिका कठिन हार आफूलाई अलिक राम्रोसँग बुझ्न आवश्यक थिए। यो मेरो लागि  त्यो तयारी जस्तै थियो,’ सबलेन्काले भनेकी छन्, ‘मैले ती खेलहरू हारेकोमा म वास्तवमा खुसी महसुस गर्छु, त्यसैले अहिले म फरक खेलाडी हुन सकेकी छु।’

Metro Mart

प्रकाशित: Jan 29, 2023| 11:41 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।