मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।

National life

नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा माघ १३ र १४ गते  भएको प्रथम सरस्वती कपको सिनियर एण्ड जुनियर करातेको उपाधी सिनियरतर्फ इचङुनारायण डोजोले जितेको हो।

कुल १४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा इचङुले २ स्वर्ण २ रजत र ५ कास्य पदक जित्न सफल भयो। दोस्रो भएको च्याम्पियन मार्सल आर्ट एकेडेमीले २ स्वर्ण १ रजत र ३ कास्य हात पार्‍यो। तेस्रो भएको मनमैजु डोजोले २ स्वर्ण १ रजत र ३ कास्य जित्यो। आयोजक सरस्वती डोजोले भने १ स्वर्ण ५ रजत र ५ कास्यमा चित्त बुझायो। 

त्यस्तै जुनियर तर्फ भने ब्रहमाषस्मी स्कुल प्रथम भएको छ।ब्रहमास्मीले ६ स्वर्ण ६ रजत र ७ कास्य हात पार्दा ५ स्वर्ण २ रजत र १ कास्य पदक सहित पाँचपोखरी स्कुल टिम दोस्रो बन्यो। त्यसैगरी ३ स्वर्ण ५ रजत र ८ कास्य जितेको योङहार्ट स्कुल टिम तेस्रो बन्यो। दुई दिन चलेको प्रतियोगिताको उदघाट्न प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले गरेका थिए। 

विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल,वडा अध्यक्ष नारायण सुवेदी,नेपाल कराते महासंघका महासचिव हरिशरण केसी लगाएतले वितरण गरेका थिए। प्रतियोगितामा विभिन्न जिल्लाबाट २५ वटा स्कुल/ डोजोका  ३५० खेलाडीले सहभागिता जनाएका थिए।

Laxmi sunrise bank
kumari

सिनियर इभेन्ट्मा क्रमश: २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजकसमेत रहेका सरस्वती डोजोका प्रमुख प्रशिक्षक पुरुषोत्तम पोखरेलले जानकारी दिए।

प्रकाशित: Jan 29, 2023| 08:50 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।