मंगलबार, वैशाख १५, २०८३

धनुषामा आगलागीबाट एक जनाको मृत्यु

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ६८ वर्षीय सुरेश गुप्ताको आगलागीमा परी मृत्यु भएको छ।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

National life
kumari

काठमाडौं- धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ६८ वर्षीय सुरेश गुप्ताको आगलागीमा परी मृत्यु भएको छ।

आफ्नै घरमा ग्याँस लिक भई आगो सल्किएर उनको मृत्यु भएको स्थानीयको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, दोलखाको बैतेश्वर गाउँपालिका–६ दाहालटार बस्ने अमृतबहादुर दाहालको गोठमा हिजो दिउँसो आगलागी भएको छ। सो आगो फैलिएर अमृत दाहाललगायत ४ जनाको घर, गोठ, लत्ताकपडा, भाँडावर्तन जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।  

प्रकाशित: Jan 28, 2023| 08:10 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।