मंगलबार, वैशाख १५, २०८३

छुट्टाछुट्टै स्थानबाट हतियारसहित दुई जना पक्राउ

प्रहरीले विभिन्न स्थानबाट हतियारसहित केही व्यक्तिलाई पक्राउ गरेको छ।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

काठमाडौं- प्रहरीले विभिन्न स्थानबाट हतियारसहित केही व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार ती व्यक्तिले अवैधरुपमा हतियारसहित पक्राउ परेका हुन्। 

National life

प्रहरीका अनुसार अछामको चौरपाटी गाउँपालिका–४ कालिगाडी बस्ने ललितबहादुर कुँवरलाई भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ।  प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।    

यसैबीच धनुषाको मिथिला नगरपालिका-२ नकटाझिझ चोकबाट माउजर पेस्तोल १ थान र २ राउण्ड गोली लोड गरेको म्याग्जीन १ थानसहित सोही नगरपालिका-७ बस्ने २८ वर्षीय रौशन महतोलाई राति प्रहरीले पक्राउ गरेको छ। 

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई सो हातहतियारसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अध्ययन भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Jan 28, 2023| 07:48 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।