मंगलबार, वैशाख १५, २०८३

झापाका विभिन्न स्थानबाट भन्सार छली सामान बरामद

झापा प्रहरीले विभिन्न स्थानबाट अवैध सामग्री बरामद गरेको छ।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

झापा- झापा प्रहरीले विभिन्न स्थानबाट अवैध सामग्री बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट शुक्रबार खटेको प्रहरी टोलीले सो सामग्री बरामद गरेको हो। व्यापारीले लुकाइ छिपाई भन्सार छली ल्याइएका ती सामग्री मेची भन्सार कार्यालय काकरभिट्टालाई प्रहरीले बुझाएको छ।

National life

गौरीगञ्ज गाउँपालिका ३ कृष्णे खोलास्थित भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउदैगरेको अन्दाजी ८ हजार बवारको चिनी र २ बोरा युरीया मल (१०० के.जी.) नियन्त्रणमा लिई आवस्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ। 

यस्तै, इलाका प्रहरी कार्यालय गौरिगंजबाट खटेको प्रहरी टोलिले झापाको गौरिगञ्ज गाउँपालिका ५ रतुवा खोलास्थित भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउँदैगरेको अन्दाजी ५९ हजार ५०० मूल्य बराबरको चप्पल ३१५ जोर, गमला ६० थान, किचनको सामान, बच्चाको कपडा र बच्चाको खेलौना नियन्त्रणमा लिएको छ। आवस्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको प्रहरीको भनाइ छ। 

सोहीअनुसार मेचिनगर नगरपालिका ६ भन्सार गेटस्थित भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउदैगरेको अन्दाजी १० हजार ८०० मुल्य बराबरको जुत्ता नियन्त्रणमा लिई आवस्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jan 28, 2023| 06:55 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।