मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको फैसला आउँदै

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको फैसला आउँदै

मुद्दामा जोडिएका न्यायाधीशहरु बहस सकिएसँगै फैसलाको तयारीमा जुटेका हुन्।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामाथि दायर मुद्दामाथिको बहसबारे फैसला आजै आउने सम्भावना रहेको छ। 

National life

सर्वोच्च अदालका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा दुवैतर्फका कानुन व्यवसायीको बहस सम्पन्न भएकाले आजै फैसला हुने सम्भावना देखिएको हो। 

मुद्दामा जोडिएका न्यायाधीशहरु बहस सकिएसँगै फैसलाको तयारीमा जुटेका छन्। लामिछानेको सांसद सदस्य खारेजी माग गर्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेल छुट्टाछुट्टै रिट दायर गरेका थिए। 

अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै २८ मंसिरमा लामिछानेविरुद्ध सर्वोच्चमहा रिट दायर भएको थियो।

प्रकाशित: Jan 27, 2023| 16:41 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।