मंगलबार, वैशाख १५, २०८३

सहिद सप्ताहमा बकाइनको रुखमा सम्झिइए माथेमा

प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा स्मृतिसभा गरिएको हो।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं– सहिद सप्ताह अवसर पारेर सहिद धर्मभक्त माथेमालाई प्राणदण्ड दिएको स्थान सिफल उकालोमा स्मृतिसभा गरिएको छ। शुक्रबार काठमाडौं महानगरपालिका मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमअन्तर्गत प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा स्मृतिसभा गरिएको हो। 

National life

सहिद माथेमाको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै महानगर उपप्रमुख सुनिता डंगोलले, प्रजातन्त्र प्राप्ति र सामाजिक रुपान्तरणमा धर्मभक्तबाट भएको योगदानको चर्चा गरिन्। स्मृतिसभामा वडा नम्बर ७ का वडाध्यक्ष विमलकुमार होडाले सहिदले शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भनेर दिएको सन्देश ग्रहण गर्नुपर्ने धारणा राखे। 

कार्यक्रममा सहिदले नागरिकको स्वतन्त्रताबाहेक अरू केही पनि अपेक्षा नगरेको त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले बताए। ९ असोज १९६६ मा काठमाडौंको ओमबहालमा जन्मिएका माथेमालाई तत्कालीन राणा शासकविरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा ३१ वर्षको युवावस्थामा १३ माघ १९९७ मा काठमाडौंको सिफल उकालोमा  रहेको बकाइनोको रुखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो। 

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले ६ माघ १९९७ मा सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए। निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालो रुखमा झुन्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो।

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनतासम्म पु¥याउने क्रममा अमरत्व प्राप्त गर्ने सहिदको सम्झनामा महानगरले हरेक वर्ष १० देखि १६ माघसम्म सहिद सप्ताह कार्यक्रम गर्दै आएको छ। 

kumari

सप्ताहव्यपी कार्यक्रमअन्तर्गत १५ माघमा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृतिसभा आयोजना हुनेछ। सहिद सप्ताहको अन्तिम दिन १६ माघमा शान्तिवाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित सहिद पार्कमा पुगी ज्ञातअज्ञातसहितको सम्झनामा स्मृतिसभा गरिनेछ।

प्रकाशित: Jan 27, 2023| 14:45 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।