मंगलबार, चैत १४, २०७९
  • गृहपृष्ठ
  • समाज
  • डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

National life insurance
worldlink

काठमाडौं- डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ। छापा मारेर कन्सल्टेन्सी सञ्चालकसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ पर्नेमा कन्सल्टेन्सी सञ्चालक माधव पौडेलसहित तीन जना छन्। कन्सल्टेन्सीमा शिक्षा मन्त्रालय र विभागको नक्कली छाप र लेटरप्याड भेटिएको छ। 

विद्यार्थीहरूलाई विदेश पठाउन आवश्यक बैंक स्टेटमेन्ट समेत सो कन्सल्टेन्सीले नक्कली बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। आरोपीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jan 27, 2023| 10:30. 00 शुक्रबार, माघ १३, २०७९

थप समाचार

हिन्दू परिषद्का केन्द्रीय सदस्यले चलाएको चिकेन स्टेसनमा गाईको मासु

हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेको पाइएको हो।

छोरीको तस्बिरमा माला लगाउँदा भावुक भए प्रचण्ड

माइली छोरी रेनु र कान्छी गंगाको बीचमा उभिएका प्रचण्डको भावुक तस्बिर गंगाले सार्वजनिक गरेकी छन्। 

आफ्नै बुबाको जीवन सिध्याए जीवनले

दाउराको चिर्पटले हानेर बुबा नारायणको छोरा जीवनले हत्या गरेको प्रहरीले जनाएको छ।

मिटरब्याजपीडित पैदलै आन्दोलनका लागि उत्रिए काठमाडौं

मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिवासबाट पैदलै हिँडेर ११औं दिन आज काठमाडौंको मातातीर्थ भित्रिएका हुन्।

मोफसलका 'आँखा बा' चिजकुमार, जो ३९ वर्षदेखि सेवामा तल्लीन छन्

आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो।