मंगलबार, पुस १, २०८२

सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई

सातौं वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं- सातौं वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्।

National life

रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा १३औं वरियताका रमेश अधिकारीलाई ७/६ ले हराउँदै दिनेश उपाधि जित्न सफल भएका हुन्। उपाधिसँगै दिनेशले ६० हजार प्राप्त गरे। दोस्रो भएका रमेशले ४२ हजार हात पारे। 

सूर्य नेपाल गल्फ टुरमा पहिलो उपाधि जित्ने क्रममा दिनेशले पहिलो नौ होलको खेलमा ४ होलको अग्रता बनाए। १८ होलको समाप्तीमा दिनेश आठ होलको फराकिलो अग्रता बनाउन सफल रहे। खेलमा फर्कने संकेत देखाएका रमेशले १९औं, २०औं, २१औं र २२औं होल लगातार जित्दै दिनेशको अग्रतालाइ चार होलमा घटाए। 

दिनेशले २३औं होल जित्दा रमेशले २४औं र २५औं होल आफ्नो पक्षमा पार्दै दिनेशको अग्रतालाइ तीन होलमा झारे। तर २६औं र २७औं होल आफ्नो पक्षमा पार्दै दिनेशले ५-होलको अग्रता बनाए। यसपछि दिनेशले २९औं र ३०औं होल जित्दै ६ होल बाँकी रहँदा  सहज जितका साथ उपाधि आफ्नो नाममा लेखाए। 

प्रतियोगितामा‌ आठौं वरियताका धन बहादुर थापा तेस्रो भए। १८ होलको प्रतिस्पर्धा बराबरीमा टुङ्गिएपछि धनले प्ले-अफको पहिलो होलमा १०औं वरियताका भुवन कुमार रोक्कालाई पराजित गरे। तेश्रो भएका धनले ३२ हजार र भुवनले २४ हजार प्राप्त गरे।

Laxmi sunrise bank
kumari

क्वाटरफाइनलमा पराजित चार खेलाडीहरू, नेपाल नम्बर एक प्रो शुक्र बहादुर राई, दोस्रो वरियताका भुवन नगरकोटी, तेस्रो वरियताका जयराम श्रेष्ठ र पाँचौ वरियताका रबि खड्काले समान ११ हजार प्राप्त गरे। 

यसैगरी पहिलो चरणबाट बाहिरिएका टंक बहादुर कार्की, सञ्जोक मोक्तान, कृष्णमान राजबाहक, प्रदीप कुमार लामा, सञ्जय लामा, सुर्य प्रसाद शर्मा, बलभद्र राई र रामे मगरले समान छ हजार प्राप्त गरे। 

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले भाग लिएका थिए। सुर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रहेको थियो। 

विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र ब्रान्ड म्यानेजर विदुर राज अधिकारीले पुरस्कार वितरण गरे। सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको चौंथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन पोखरास्धित हिमालयन गल्फ कोर्षमा फाल्गुन १० गतेदेखि आयोजना हुनेछ।

प्रकाशित: Jan 26, 2023| 17:50 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।