बिहीबार, कात्तिक १२, २०८३

केपी ओली कप फुटबल हुने, पुरस्कार १० लाख

नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष ‌ओलीको नाममा प्रतियोगिता गर्न लागेको हो।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं- ‘केपी ओपी कप २०७९’ खुला राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ। नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष ‌ओलीको नाममा प्रतियोगिता गर्न लागेको हो। 

प्रतियोगिताबारे विस्तृत जानकारी शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर दिइने भएको छ। प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म हुने तय भएको छ।

प्रतियोगिता आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुमति दिइसकेको छ। प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाइएको छ। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ। 

प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुनेछन्। उनले प्रतियोगिताको सम्पूर्ण आयोजना युवा संघले गर्नेछ। एन्फाले केही सामग्री र प्राविधिक सहयोग गर्ने भएको छ।


प्रकाशित: Jan 26, 2023| 17:37 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।