बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

क्यानले नै लुकाएको थियो स्पट फिक्सिङको सूचना

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लिगको दौरान नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर आदिल अन्सारी र पूर्वखेलाडी मोहबुब आलमसहित १० जना स्पट फिक्सिङमा संलग्न रहेको प्रतिवेदन सार्वजनिक गरेपछि अध्यक्ष चन्दले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेका छन्।
 |  बिहीबार, माघ १२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी-२० लिगलाई बचाउन स्पट फिक्सिङबारे थाहा पाएर पनि कसैलाई जानकारी नदिएको स्वीकार गरेका छन्।

himalayan bank box

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लिगको दौरान नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर आदिल अन्सारी र पूर्वखेलाडी मोहबुब आलमसहित १० जना स्पट फिक्सिङमा संलग्न रहेको प्रतिवेदन सार्वजनिक गरेपछि अध्यक्ष चन्दले बिहीबार पत्रकार सम्मेनल आयोजना गरेका थिए।

आफ्नै हिसाबले चल्दा बीचैमा लिग बन्द हुने अवस्था आउन सक्ने देखेर कसैलाई स्पट फिक्सिङबारे जानकारी नदिएको तर्क उनको छ। 'एन्टी करप्सन युनिटले आईसीसीलाई रिपोर्ट दिइरहेको थियो। यस्तो अवस्थामा राखेप र मिडियामा कुरा चुहाएको भए लिग नै समाप्त हुन्थ्यो। खेलाडीलाई असुरक्षा हुन्थ्यो। लिग बचाउनका लागि आईसीसीले हामीलाई सीआईबीबाहेक कसैलाई केही नभन्नु भनेको थियो,' चन्दको प्रस्टीकरण छ। यद्यपि, एन्टी करप्सन युनिटमा उजुरी पर्नेबित्तिकै प्रशिक्षक, कप्तान, व्यवस्थापक र केही खेलाडीलाई सम्बन्धित टिमलाई जानकारी दिएर जिम्मेवारीबाट हटाइएको उनको भनाइ छ। तर, लिग नै समाप्त हुने स्थिति आएपछि आफूहरूले विज्ञप्ति निकालेर शंका लागे गोप्य रूपमा जानकारी दिन आग्रह गरिएको दाबी उनले गरे।

चन्दले भने, 'लिगलाई फाइनलसम्म पुर्‍याउनका लागि क्यान र एन्टी करप्सन युनिटलाई गोप्य रूपमा जानकारी दिन आग्रह गरेका थियौं। लिग सकिएपछि हामी सबै जानकारी दिएर बाहिर ल्याउने तयारीमा थियौं,' उनले भने। 

अध्यक्ष चन्दले स्पट, म्याच फिक्सिङलगायत कुनै खाले भ्रष्टाचारमा क्यानका कुनै पदाधिकारीको संलग्नता नरहेको बताए। उनले यस्ता घटनामा कोही मुछिए कारबाही गर्ने जानकारी पनि दिए। चन्दले भने, 'सीआईबीबाट नाम नै किटेर यसले फिक्सिङ गर्‍यो भनेर भनेको छैन। सीआईबीबाट रिपोर्ट आएपछि त्यहीअनुसार अगाडि बढ्छौं,' उनले भने। 

Metro Mart
vianet

"लिगमा हुने अनियमितता रोक्न सीआईबीको सहयोग मागेका थियौँ। सीआईबीले शंका लागेको कुरामा विभिन्न ठाउँबाट केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। उहाँहरूले सहयोग गर्नुभयो", अध्यक्ष चन्दले भने।

प्रकाशित: Jan 26, 2023| 16:18 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।