शनिबार, चैत ११, २०७९

पारालैंगिक महिलाको लुक्समा देखिए नाजिर

सरस्वती पूजा अवसरमा पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले फिल्मलाई १५ वैशाखदेखि प्रदर्शनमा ल्याइने जनाएको हो।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं– चलचित्र नायक नाजिर हुसेन फरक लुक्समा देखा परेका छन्। ‘गुलाबी ः एक रङ’को प्रदर्शन मिति घोषणा भएसँगै उनी पोस्टरमा पारालैंगिक महिलाको लुक्समा देखिएका छन्। बिहीबार सरस्वती पूजा अवसरमा पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले फिल्मलाई १५ वैशाखदेखि प्रदर्शनमा ल्याइने जनाएको हो।

National life insurance

समुद्र भट्ट निर्देशित फिल्मको पोस्टरमा नाजिरलाई पारालैंगिक महिलाको लुक्समा देख्न सकिन्छ। हुसेनको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ। पोस्टरअनुसार फिल्मका प्रमुख पात्र बनेका नाजिरको पात्र नाम गुलाबी राखिएको छ। नाजिरले यो लुक्सका लागि एक वर्षसम्म पारालिंगी महिलासँग संगत गरेका थिए।

चरित्र निर्माणका लागि उनले क्लबदेखि सपिङ मलसम्म उनीहरुलाई पछ्याएका थिए। निर्देशक भट्टले फिल्मको पटकथा निर्माण एवं अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु नीलहीरा समाज र नीति नेपालसँग पनि परामर्श गरेका छन्। फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ।

फिल्म द स्काई ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। निर्देशक भट्टले यसअघि रिङरोड र आधापेजजस्ता फिल्म निर्देशन गरिसकेका छन्।

प्रकाशित: Jan 26, 2023| 02:06. 16 बिहीबार, माघ १२, २०७९

थप समाचार

तीन सातामा सात चलचित्र भिड्दै, कसले मार्ला बाजी?

दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदै छन्। वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका...

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।

तीन सातामै छक्कापञ्जा ४ ले कमायो १५ करोड

प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दासमेत चलचित्र छक्कापञ्जा ४ को अकुपन्सी क्रमशः उकालो लाग्दै।

सिक्वेललाई ठाउँ छोडेको 'छक्का पञ्जा ४' : दीपकको पात्रमात्रै बलियो

राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यस फिल्ममा देखाइएको छ।